कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा संघीयताविरुद्ध प्रचार सभा सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले मंगलबार बेलौरी बजारमा कोणसभा गरी संघीयताविरुद्धको राजधानी केन्द्रित आन्दोलनबारे प्रचार गरेको हो ।
सभामा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशब्यापी गरिरहेको संघर्षबारे जानकारी दिँदै आगामी चैत २४ देखि काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको बताउनुभयो ।
कोणसभामा राजमो सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरी, बेलौरी नगर अध्यक्ष रंगबहादुर चौधरीलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।
राजमो, कञ्चनपुरले यसअघि सोमबार बेल्डाँडीको चवन्नी बजारमा पनि प्रचार सभा सम्पन्न गरेको छ ।