वीरगञ्ज । खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ बस्ने ४१ ववर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।
प्रहरीले उनको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु अन्दाजी १५ केजीसमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु हो भनी बाख्राको मासु बिक्री गरिरहेको सूचनाका आधारमा तलासी लिँदा उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसी बेचिरहेको अवस्थामा फेला परेका थिए ।
हारिुमलाई कालोबजारी सम्बन्धी कसुरमा तालुक जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिन म्याद थप थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।