• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मैले सरकार खोजिरहेको छु


  •   सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
  • अनिलकिशोर घिमिरे

    Advertisement

    आज कोभिड–१९ को महामारीले सारा मानव सभ्यतामाथि हल्लीखल्ली मच्चाइरहेको छ । नेपालमा पनि कोरोना सङ्क्रमणको पहिलो बिरामी फेला परेको करिब चार महिना बितिसकेको छ र लकडाउन भएकै दुई महिना पूरा भएको छ । यतिबेला हामी भयानक जोखिमको चरणमा पुगिसकेका छौँ ।

    परीक्षणको दायरा थोरै बढाउँदाबित्तिकै कोभिड–१९ का पोजेटिभ केस हवात्तै बढिरहेका छन् । अझ आम रूपमा परीक्षण गर्ने हो भने धेरै सङ्क्रमित देखिने निश्चित छ । खासगरी भारतसँगको खुल्ला सिमाना, भारतमा अलपत्र नेपालीलाई महामारी नफैलिँदै उद्धार गरी व्यवस्थापन गर्ने योजना नबनाउने राज्यको उदासिन र नालायकीपनका कारण कैयौँ नेपाली लुकीछिपी आउन बाध्य भए ।

    उनीहरूको पहिचान र तथ्याङ्कसमेत नभएपछि सङ्क्रमण फैलन सहज वातावरण बन्यो । अहिले भारतमा लाखौँको सङ्ख्यामा सङ्क्रमण फैलिएपछि एकाएक नेपाली दाजुभाइ घर फर्किरहेका छन् । अहिले पनि उनीहरू कतिपय सिमानामा नै अलपत्र पर्ने, भिडभाडमै बसाल्ने, बस र ट्रकमा कोचिएर गाउँ ल्याउने र अव्यवस्थित क्वारेन्टाइनमा राख्ने काम भइरहेको देखिन्छ । यसरी उनीहरूको असुरक्षित यात्रा र बसाइँका कारणले गर्दा सङ्क्रमण फैलिने डर बढिरहेको छ र क्वारेन्टाइनवरिपरिका बासिन्दा आतङ्कित भइरहेका छन् ।

    स्थानीय निकायले आफ्नो सीमित श्रोतसाधन परिचालन गरी केही काम त गरेको देखिन्छ । तर बाहिरबाट आएका र उनीहरूसँग जोडिएकाको स्वास्थ्य परीक्षण, बसाइँ व्यवस्थापन, सुरक्षित क्वारेन्टाइन निर्माणबारे सरकार उदासिन रहेको छ । लामो लकडाउनसँगै निम्न, मध्यमवर्गको परिवारलाइ दैनिक जीविकोपार्जन गर्नसमेत हम्मेहम्मे परिरहेको छ ।

    कोरोनाको प्रारम्भिक चरणमै सामान्य राहतका कार्यक्रम आए तर खास लक्षित वर्गसम्म पुग्न नसकेको सर्वत्र गुनासो सुन्न पाइन्छ । तर अब सङ्कट बढ्दै गइरहेको पृष्ठभूमिमा राज्यको उपस्थिति झन् फितलो हुँदै जानु गम्भीर चिन्ताको विषय हो ।
    कोभिड–१९ विरुद्ध एक प्रकारको लडाइँ संसारले लडिरहेको छ । तर हामीले लडाइँ जित्नका लागि पर्याप्त समय पाउँदा पनि बुद्धिमताका साथ जित्ने योजना र तयारी गर्न सकेनौँ । वास्तवमा यस्तै महामारीको बेला हो, सरकार र जनप्रतिनिधिले आफूलाई अब्वल देखाउने ।

    यस्तो बेलामा जनताप्रतिको उत्तरदायित्व बहन गरे पो सधैँभरि जनताले सम्झिरहने छन् । तर हाम्रो सरकार यस्तो बेला कहाँ छ ? के रमिता हेरेर बसेको छ ? सरकारको पहलमा कति गुणस्तरीय पिपिई बने ? मास्कको उत्पादन के कति भयो ? अहिले नागरिकले प्रयोग गर्ने गरेका मास्क सुरक्षित छन् कि छैनन् ? सरकारी स्वास्थ्यकेन्द्रमा कोरोना सङ्क्रमितको उपचारका लागि थप सेवासुविधा कति पु-याइयो ? कोरोना महामारीको विषयमा कति जना स्वास्थ्यकर्मीलाई विशेष तालिम दिइयो र कहाँ कहाँ कति जना खटाइयो ? अत्यावश्यक स्वास्थ्य सामग्री उत्पादन के कति भयो या कति आयात गरियो ? सङ्क्रामक रोग नियन्त्रण ऐन–२०२० अन्तर्गत नै काम गरिएको छ कि त्यसलाई समयानुकूल परिमार्जित गरिएको छ ?

    बाँकेको नरैनापुरमा एक सय जना सङ्क्रमित हुँदा हात उठाउनुपर्ने स्थितिले हजारौ सङ्क्रमित बढ्दै जाँदा आउने चुनौतीको आँकलन राज्यले गरेको छ कि छैन ? जिल्ला र स्थानीय स्वास्थ्यकेन्द्रले यो स्थितिमा थप काम गर्न असमर्थ रहेको बताउँदै गर्दा जनस्वास्थ्यको मानवीय पक्षमा ध्यान दिने राज्यको खास निकाय कुन हो ? दैनिक ज्यालादारी गर्ने, विदेशबाट आएका, अन्य युवाविद्यार्थी अहिले बेरोजगार रहेको र दैनिकी धान्न गाह्रो भइरहेको अवस्थामा उनीहरूलाई निश्चित ज्याला दिएर स्वयम्सेवकको रूपमा परिचालन गर्ने र प्रत्येक स्थानीय निकायमा पूर्वाधार निर्माण, कृषि र अन्य आयआर्जनका काममा प्रोत्साहित गर्न किन ढिलो गरिएको छ ?

    सुविधासम्पन्न अस्पताल बनाउने र मानवीय स्वास्थ्यको दीर्घकालीन रूपमा ध्यान दिने काम गर्न आएको पर्याप्त अवसरलाई किन ख्याल गरिएको छैन ? अहिलेसम्म भेन्टिलेटर र आइसियूसहितका अस्पतालको स्थिति हेर्ने हो भने कस्तो बिजोग छ ? अस्पतालकै छतमा हेलिप्याड बनाउन सक्ने व्यापारीले यो महामारीका बेला जनताको स्वास्थ्यप्रति कत्तिको वास्ता गरिरहेका छन् ? मान्छेको स्वास्थ्यमाथि कालो व्यापार गर्ने र अन्यत्र लैजानुपर्ने बिरामीलाई आफ्नोमा ल्याउन एम्बुलेन्स चालकलाई नै कमिसन दिने निजी अस्पतालले यो बेला बिरामी रोक्न गेट लगाउनु कहाँसम्मको अपराध हो ? यसको नियन्त्रण र नियमन गर्ने कसले र कहिले हो ? केन्द्रको संयन्त्र लकडाउन घोषणा गर्ने र थपक्कै घरमा बस्ने तथा जिल्लाको संयन्त्र लकडाउन कार्यान्वयनको निर्णय गर्दै घर बस्दै गर्नाले सरकारको दायित्व पूरा होला ?

    यी यावत् प्रश्नको उत्तर खोज्दै जाँदा सरकारले यो चार महिनाको समयमा कतिपय न्यूनतम कामसमेत गर्न सकेको देखिँदैन । यसो हेर्दा अहिलेसम्म कोरोना महामारीसँग जुध्न सक्ने संयन्त्र र योजना बन्न सकेको छैन । संयोगले हाम्रो भौगोलिक अवस्थिति र सुरुमा कोरोना फैलिएको देशसँगको सिधा सम्पर्क कम भएकाले पहिले नै यहाँ आइपुगेन । तर हाम्रै अकर्मण्यताका कारण अब विस्तारै यसले भयानक रूप लिँदै गएको छ ।

    आज सबैतिर अनिश्चित र विरोधाभासपूर्ण समयको बहस भइरहेको छ । यो सबै सन्त्रास कहिले हट्ला र सामान्य जीवन कहिले सुरु होला भन्ने सर्वत्र जिज्ञासा रहिरहेको छ । इतिहासमा कहिले पनि नबेहोरेको स्थिति आउँदा अन्यौलग्रस्त जनताका दैनिकीलाई रचनात्मक बनाउने, देशको फरक फरक क्षमताको र दक्षताको जनशक्तिलाई पहिचान गरी उत्पादन र विकासको कार्यमा लगाउने काम राज्यको हो ।

    महामारीको बेला मानिस राज्यको अभिभावकत्व र संरक्षणको आशामा तड्पिरहेका हुन्छन् । यस्तो बेला राज्यको शक्ति, श्रोतसाधनको उचित प्रयोग गरी नागरिकको जीवनलाई सहज बनाउन अधिकतम प्रयत्न गर्नुपर्दछ । उपभोक्तावादले गाँजेको हाम्रोजस्तो समाजमा आत्मनिर्भरताको बाटो पहिल्याउँदै जनताप्रति उदार नीति अपनाएर जीवन पद्धतिमा नयाँ आयाम थप्न सकिन्छ ।

    चिनियाँ क्रान्तिका नायक क. माओले भन्ने गर्थे– पर्याप्त उत्पादन, आम जनताको चासो एवम् अनुभव र तिनको मानसिक अवस्थालाई अग्रणी नेतृत्वले सधैँ ध्यान दिनुपर्छ । आपतकालीन स्वास्थ्यस्थितिको रूपमा महामारीले जनजीवन र स्वास्थ्यको जाखिम बढाउँछ र आर्थिक विकासमा गम्भीर असर गर्दछ । साथै सामाजिक त्रास एवम् अराजकता निम्त्याउन सजिलो हुन्छ ।

    त्यसैले यसलाई अत्यधिक महत्त्वका साथ ध्यान दिनुपर्दछ । शायद यही स्कुलिङले गर्दा चीनले अहिले कोरोना विरुद्धको लडाइँ जितिरहेको छ । माओले महामारीको घडीलाई नजरअन्दाज गर्नु, समयमा सूचना नदिनु, लापर्वाह हुनु, आफ्नो कर्तव्यलाई बेवास्ता गर्नुजस्ता कार्यलाइ कडाइका साथ निषेध गरेका थिए । उनले भन्ने गर्थे– प्रकोपको बेला सामाजिक राहतलाई सुदृढ गर्ने, जनताको आधारभूत जीवनका समस्या समाधान गर्ने र प्रभावित मानिसलाई सकेसम्म चाडै पुनः उत्पादनको काममा फर्काउन जोड दिनुपर्छ ।

    अहिले चीनका राष्ट्रपति सी जिनपिङ भनिरहेका छन्– जनविश्वासलाई बलियो बनाउन र महामारीलाई निर्मूल गर्न पार्टी तथा सरकारले के गरिरहेका छन्, के गर्नुपर्दछ भन्नेबारे जनतालाई अझ बढी जानकारी दिनुपर्दछ । उनको यही लगाव र जनताप्रतिको दायित्वबोधका कारण त्यँहाका सबै नागरिकलाई हौसला प्रदान भएको छ र चिनियाँ जनता यति ठुलो महामारीमा पनि खुशी रहेका छन् ।

    आफ्नै समाज र समुदायको स्वस्थ र खुशी जीवनशैली नै राष्ट्रको खुशी हो । तर कतिपय शासक यही मौकामा समाज बिथोलेर जीविका चलाउने र कुर्सीको दुरूपयोग गरेर मानवीय संवेदनामाथि तष्करी गरिरहेका देखिन्छन् । पुँजीवादले मानिसमा अनावश्यक प्रतिस्पर्धा, रिस, डाह, क्रोध, भ्रम, उत्तेजना र लोभजस्ता कुरा सृजित बनाएर जीवन पद्धतिलाई नै जटिल बनाइदिएको छ । मान्छे लहलहैमा त्यसैको पिछलग्गु बनिरहेको छ । त्यस जटिलताबाट पार पाउन सरल जीवन जिउने र सहज वातावरण निर्माण गर्नु आवश्यक छ ।

    हाम्रो देशमा आफूलाई कम्युनिस्ट भन्न रुचाउने पार्टीको नेतृत्वमा सरकार भएर पनि जनअपेक्षानुसारको कार्य सम्पादन हुन सकिरहेको छैन । यस्तो महामारीको समयमा आम जनताले राज्य कहाँ छ भनेर खोज्ने स्थिति हुनु दुखद पक्ष हो । त्रास व्यवस्थापन सिद्धान्तबारे द डेनायल अफ डेथ भन्ने पुस्तकमा मानवशास्त्री अर्नेस्ट बेकरले मानिस दोहोरो विचारबाट स्थापित हुन्छन् भन्ने तर्क गरेका छन् ।

    ती हुन्– एउटा, म जीवित रहन चाहान्छु र अर्को, हामी एक दिन मर्ने छौँ । अहिलेको महामारीमा आम जनताले यही द्वन्द्वात्मक यथार्थतालाई आत्मसात गर्दै जीवनशैलीलाई सहज बनाउनु आवश्यक छ । राज्यले संविधानमै मौलिक हकको रूपमा ग्यारेन्टी गरिएको जनतालाई रोजगारी, खाद्यान्न तथा स्वास्थ्यसेवा साथै बाँच्न पाउनेजस्ता मौलिक हकको प्रत्याभूति गराउने उपयुक्त समय यही हो ।

    कोरोनाको प्रकृति, विज्ञको अध्ययन–अनुसन्धान, अहिलेसम्मको फैलावट आदिको विचार गर्दा अझै लामो समयसम्म यसको असर देखिने कुरालाई अस्वीकार गर्न सकिन्न । बेइजिङको प्रतिष्ठित कम्पनी सानसिनो बिआइओलाई इबोलाको पूर्ण खोप विकास गर्न तीन वर्षभन्दा बढी समय लागेको थियो । त्यसैले कोभिड–१९ विरुद्ध खोप विकास गर्न र सात अर्ब मानिसको पहँुचमा पुग्न कैयौ वर्ष लाग्न सक्छ । बिल गेट्सले भनेका छन्– मलाई विश्वास छ, मानव जातिले यो महामारीलाई हराउने छ तर धेरैजसो जनसङ्ख्यालाई यो विरुद्धको खोप लगाइसकेपछि मात्र त्यो सम्भव छ ।

    त्यतिञ्जेलसम्म जीवन सामान्य बन्ने छैन । उनी भन्छन्– यो महामारी विकसित देशमा रोकिएपछि विकासशील मुलुकमा तीव्र गतिमा फैलिने छ र ती मुलुक विकसितको तुलनामा अझ नराम्ररी प्रभावित हुने छन् । गरिब मुलुकमा घरबाटै सम्पादन हुने काम कम छन् । दुरी कायम गर्ने उपायले पनि राम्ररी काम गर्न सक्दैन । त्यहाँ भाइरस तीव्र गतिमा फैलिने छ । स्वास्थ्य सेवा प्रणालीले पनि सङ्क्रमितको राम्ररी उपचार गर्न सक्ने छैन ।

    यसरी हेर्दा न्युयोर्कजस्तो शहरलाई समेत अस्तब्यस्त बनाएको कोभिड–१९ ले हाम्रोजस्तो देशलाई अवश्य सताउने छ । यसकारण सम्भावित चुनौतीको आँकलन गरी राज्यको तहबाट युद्धस्तरमा काम गर्न ढिलो गर्नु हुँदैन । विधिशास्त्रका विद्धान हफिल्डले भनेका छन्– जनअधिकार सुनिश्चित गर्न नसक्ने राज्यले जनतासँग कर्तब्यको मात्र अपेक्षा राख्नु अर्को बेइमानी हो । महामारीको सामना गरिरहँदा पक्कै कैयौँ जटिलता आइलाग्छन् तर पनि त्यसलाई योजनाबद्ध रूपमा जनताको आधारभूत आवश्यकतालाई ध्यान दिँदै राज्य निरन्तर लागिरहेको अनुभूति हुनु जरुरी छ ।

    सोमबार, जेठ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.