तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा राष्ट्रिय जनमोर्चाको आयोजनामा मोटरसाइकिल ऱ्यालीसँगै दश ठाउँमा सभा सम्पन्न भएको छ ।
राजमो शिवराज नगर समितिको आयोजनामा सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप २०८१ माघ २६ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
शिवराज नगरपालिका–३ नयाँबस्तीबाट राजमो कपिलवस्तुका सचिव केरसिंह अदैले सम्बोधन गरेसँगै ऱ्याली अगाडि बढेको थियो ।

ऱ्यालीकै क्रममा भदौखर्कको कोणसभालाई राजमो कपिलवस्तुका सल्लाहकार चेतनारायण खनालले सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी मानपुरको कोणसभालाई जातीय समता समाज कपिलवस्तुका अध्यक्ष दिलबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।
एवम् प्रकारले थुनियाको कोणसभालाई रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका अध्यक्ष बेगम बुढामगर र राजमो शिवराज नगर समितिका अध्यक्ष शिवप्रसाद थारूले सम्बोधन गर्नुभएको थियो ।

ऱ्याली अगाडि बढ्ने क्रममा सितलापुरको कोणसभालाई चेतनारायण खनालले, लालपुरमा केरसिंह अदैले, रुद्रपुरचोकमा अखिल नेपाल बुद्धिजीवी सङ्घ कपिलवस्तुका जिल्ला सदस्य छन्दबहादुर केसी, राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले सम्बोधन गर्नुभएको थियो ।
त्यसैगरी वीरपुरको सभालाई चेतनारायण खनालले, गडगौँडाको सभालाई दिलबहादुर विकले सम्बोधन गर्नुभएको थियो ।

एवम् प्रकारले चन्द्रौटामा सम्पन्न कोणसभालाई केरसिंह अदैले सम्बोधन गर्नुभएको थियो।
सम्बोधन गर्ने क्रममा वक्ताहरूले चैत २४ देखि ३० सम्म सङ्घघीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न सम्पूर्ण जनतासित अपिल गर्नुभएको थियो ।

सबै ठाउँमा काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न वालपेन्टिङ गरिएको छ ।
