काठमाडौँ । सिन्धुलीमा आज बिहान गाडी दुर्घटना हुँदा एकजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा पाच जना घाइते भएका छन् ।
झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको हो।
गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई- ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ-२ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा-५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाको बारादशी-१ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन्।
घाइतेमध्ये मोरङ लेटाङकी देवी लिम्बूको अवस्था गम्भीर छ ।