बसन्तराज गोराथोकी, खलङ्गा ।
प्युठान जिल्लाको प्युठान क्याम्पस खलङ्गामा अखिल (छैठौं) को एकाइ समिति गठन गरिएको छ ।
२०८१ माघ २४ गते बिहीबार सम्पन्न भेलाले पर्वत खड्का अध्यक्ष रहनुभएको नौ सदस्यीय एकाइ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा सपना खड्का, सचिव्रमा सविना नेपाली, सहसचिवमा रेखा केसी र कोषाध्यक्षमा जानका सुनार रहनुभएको छ ।
त्यस्तै, सदस्यमा जुना शाही, लक्ष्मी पौडेल, शर्मिला बुढाथोकी र रिमा विश्वकर्मा रहनुभएको छ ।
सविना नेपालीको अध्यक्षतमा अघि बढेको उक्त भेलामा प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय सचिव जीवन नेपाली, विशेष अतिथि केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराई र अतिथि केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सचिव लक्ष्मण पुनमगरको आतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले अखिल (छैठौं) को इतिहास, युवाविद्यार्थीको विदेश पलायनले पारेको असर, देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय पार्षद बसन्तराज गोराथोकीले गर्नुभएको थियो ।