काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका छन् ।
Advertisement
बिहीबार बिहान ग्यास लिक भएर आगलागी भको प्रहरीले जनाएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार सबै घाइतेलाई कीर्तिपुर बर्न अस्पताल लगिएको छ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
बिहान ८ बजेर ४२ मिनेटमा सो पसलमा ग्यास सिलिण्डर विष्फोट भएको बताइएको छ ।