बसन्तराज गोराथोकी, खलङ्गा ।
प्युठान खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा अखिल (छैठौं) को एकाइ समिति गठन गरिएको छ ।
केन्द्रीय सचिव जीवन नेपालीको प्रमुख आतिथ्य तथा प्युठान जिल्ला अध्यक्षसमेत रहनुभएका केन्द्रीय सदस्य सेवक भट्टराईको विशेष आतिथ्यमा २०८१ माघ २३ गते बुधबार सम्पन्न भेलामाझ उक्त समिति गठन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपालीले अखिल (छैठौँ) को इतिहास, विद्यार्थी आन्दोलन, देशको राजनीतिक अवस्था प्रष्ट पार्नुभयो ।
युवाविद्यार्थी पलायनका कारण देशमा पारेको असर र सङ्घीयता नेपालमा असफल भएको जानकारी गराउँदै उहाँले काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुन अनुरोध गर्नुभयो ।

त्यसैगरी, विशेष अतिथि भट्टराईले प्लस टूसम्म निःशुल्क शिक्षा हुनुपर्ने, विद्यार्थी आन्दोलन र विद्यालयमा हुने शैक्षिक क्रियाकलापमा अखिल (छैठौं) ले पुऱ्याएको योगदान, प्युठानको शैक्षिक विकृति, वैदेशिक रोजगारी, निराशा, पलायनजस्ता मुद्दाबारे मन्तव्य राख्नुभएको थियो ।
भेलाको शिखा शाहीले तथा सञ्चालन अखिल (छैठौं) का केन्द्रीय पार्षद बसन्तराज गोराथोकीले गर्नुभएको थियो ।
अध्यक्षमा सुनार
भेलामा गठन गरिएको २५ सदस्यीय एकाइ समितिको अध्यक्षमा सुनिता सुनार चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा सागर सुनार, सचिवमा सोनिया नेपाली, सहसचिवमा सम्झना सुनार र कोषाध्यक्षमा विशाल सुनार रहनुभएको छ ।

त्यस्तै, सदस्यमा सचिना शाही, साधना शाही, शिखा शाही, चन्द्रमा थापामगर, अमृता थापा, रेखा थापा, नारायणी गुरुङ, प्रतीक गुरुङ, नरेश शर्मा, पुरुषोत्तम सुनार, दिमा पुनमगर, सच्चिन गैरे, प्रकाश शर्मा, नवीन सुनार, विवेक गुरुङ, रोशन शर्मा, लक्ष्मण सुनार, सेवक गुरुङ, सबिन सुनार र पार्वती पुनरहनु भएको छ ।