काठमाडौँ। बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ आइपुगेकी छन् । मंगलबार विहान काठमाडौं अवतरण गरेकी उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरे ।
यस्तै, राजकुमार एडवार्ड पनि आजै काठमाडौँमा अवतरण गर्दैछन् । उनीहरू दुवैजना दिउँसो पौने ४ बजे शीतल निवास जाने राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।
नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ ।
निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।