तौलिहवा । कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले साइकिल ऱ्यालीसँगै पालिकाका सात ठाउँमा सङ्घीयता विरुद्ध कोणसभा सम्पन्न गरेको छ ।
२०८१ माघ २० गते आइतबार सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

राजमो विजयनगर पालिका समितिद्वारा आयोजित सो कार्यक्रमको उद्घाटन जिल्ला समितिका सचिव केरसिंह अदैले गर्नुभएको थियो ।
सो अवसरमा सम्बोधन गर्दै उहाँले जनताको इच्छविपरीत विदेशीको इसारामा चोरढोकाबाट सङ्घीयता घुसाइएकाले बताउँदै त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
राजमोले जगदीशपुर चोक, पत्थरदैया बजार, झिँगाचोक, झुलनियाचोक र पिपरीमा कोणसभा सम्पन्न गरेको थियो ।

ती सभालाई राजमो कपिलवस्तु जिल्ला समितिका सदस्य त्रिवेणी कुर्मी, राजमो विजयनगर पालिका समितिका अध्यक्ष गोविन्द परियार, राजमो पालिका समितिका सदस्य टेकबहादुर केसी र सूर्यबहादुर जिसीले मन्तव्य राख्नुभएको थियो ।
कोणसभासँगै राजमोले तत् तत् स्थानमा सङ्घीयता विरोधी सन्देशसहितको वालपेन्टिङ पनि गरिएको थियो ।
