पोखरा । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा पोखरा महानगरपालिका लेखनाथस्थित तालचोकमा संघीयताविरुद्ध हस्ताक्षर संकलन गरिएको छ ।
शनिबार भएको कार्यक्रममा राजमो नेता, कार्याकर्तासँगै स्थानीय जनताले संघीयताविरुद्ध हस्ताक्षर गरी आफ्नो अभिमत जाहेर गरेका छन ।
कार्यक्रममा आयोजित कोणसभामा राजमो गण्डकीका अध्यक्ष शंकर बरालले आगामी चैत २४ गतेदेखि संघीयता खारेजीका लागि राजधानी केन्द्रित आन्दोलन गर्न लागेको जानकारी दिँदै सो कार्यक्रममा कास्कीबाट आम नेता, कार्यकर्ता तथा जनताको सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष केबि थापा, अखिल नेपाल जनजाती सम्मेलन गण्डकी प्रदेश संयोजक डम्बर बहादुर थापा, राजमो नेताहरू रविमोन ढकाल, विष्णु पुरी, नामबहादुर बाठा, लक्ष्मी कुँवर लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो ।