सन्धिखर्क । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको शीतङ्गा नगरपालिकामा सङ्घीयताको विरोधमा सभा सम्पन्न गरेको छ ।
Advertisement
राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसीको प्रमुख आतिथ्यमा २०८१ माघ १७ गते शुक्रबार ठाडा अमराईमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो शीतगङ्गा नगर समिति आयोजक रहेको उक्त सभामा राजमो अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो जिल्ला सदस्य तथा शीतगङ्गा नगर समितिका अध्यक्ष गोविन्द थापाको सञ्चालन तथा जिल्ला सदस्य जोगबहादुर सारूको अध्यक्षता रहेको सो सभामा उपस्थित सहभागीलाई नगर समितिका दुर्गाबहादुर बिसीले स्वागत गर्नुभएको थियो ।