• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नेपालप्रतिको भारतीय मानसिकता


  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    • प्रकाश थापा मगर

    नेपालले २०७७ जेष्ठ ६ गते लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितका नक्सा प्रकाशित गरेपछि भारतीय मिडिया अतिरञ्जना गरिरहेको छ । त्यस क्रममा कसैले नेपाली र भारतीय सेनामाझ तुलना गरिरहेको छ, कसैले फिल्मी कलाकार मनिषा कोइरालाप्रति अपशब्द प्रयोग गरिरहेको छ भने कसैले बाह«बुँदे समझदारीमा सघाए बापत् आफ्नै शासकवर्गको विरोध गरिरहेको छ । आखिर भारतीय मिडिया विषयवस्तुलाई यति अतिरञ्जना किन गरिरहेको छ ? त्यसका पछाडिको भारतीय मानसिकता के हो ?

    Advertisement

    हिन्दुस्तानी मानसिकता

    भारत असली हिन्दुस्तान हो । यसमा विवाद छैन । हिन्दु सभ्यताको उद्गम भूमि सिन्धु उपत्यका नै हो । तर विषयवस्तु यहीँसम्म सीमित छैन । उनीहरू ठान्छन्, हिन्दु सभ्यताको समग्र भूमि भारतको वर्तमान भूमि त हो नै, त्यसका साथै सम्पूर्ण महाभारत र हिमालय पर्वत पनि हो । कारण– कैलाश पर्वत त भगवान शिवको वासस्थान नै थियो । त्यस्तै, भारत वरिपरिका समग्र पहाडी भूभाग पनि हिन्दुस्तान नै हो । कारण उही छ– हिन्दु धर्मशास्त्रमा ऋषिमुनिहरू पहाडमा तपस्या बसेको वा विहार–विचरण गरेको वर्णन छ । समग्रमा उनीहरू टेथिस सागरवरिपरिको त्यो समग्र भूखण्डलाई हिन्दुस्तान बताउँछन्, जहाँ हिन्दु धर्मको उत्पत्ति र विकास भएको थियो । त्यसभित्र अहिलेको नेपाल, भुटान, पाकिस्तान र बङ्गलादेशसमेत पर्दछन् । राष्ट्रिय स्वयम्सेवक सङ्घ, त्यसको अन्तर्राष्ट्रिय मोर्चा विश्व हिन्दु परिषद्, राजनीतिक मोर्चा भारतीय जनता पार्टी, पत्रिका पाञ्चजन्य र त्यसनजिकका अन्य सङ्गठनहरू शिवसेना, बजरङ्गी दललगायतको भूमिकाले यिनै तथ्यलाई पुष्टि गर्दछन् ।

    भारतको विशाल भूगोल

    भारतको भूगोल विशाल छ । नेपालभन्दा भारतको भौगोलिक आकार २२ गुना ठुलो छ । भारतमा भन्ने गरिन्छ–“चार कोश में भाषा बदले, दो कोश बोली” । यसमा सत्यता छ । भारतमा कुनै एउटा पर्चा प्रकाशित गर्नुप¥यो भने न्यूनतम रूपमा दर्जनौँ भाषामा रूपान्तरण गर्नुपर्ने हुन्छ । भारतको एउटा कुनाको मान्छेलाई अर्को कुनाको बारेमा जानकारी हुँदैन । बङ्गलादेशकी विद्रोही लेखिका तसलिमा नसरिनले ठिकै भनेकी छिन्– भारत एउटा सिङ्गो देश होइन, बरु प्रापद्धीप हो । जब उनीहरूलाई आफ्नै देशको बारेमा थाहा हुँदैन भने नेपालको बारेमा के थाहा होस् ? यही कारण हो, हिन्दी सिनेमाका कलाकारसम्मले बेलाबखत् नेपाल भारतमा पर्दछ भन्ने अभिव्यक्ति दिएका हुन्छन् । यसका पछाडिको एउटा कारण खुल्ला सिमाना पनि हो । भिसा, पासपोर्ट बिना नै आउनजान सकिने भएपछि सर्वसाधारण भारतीयलाई नेपाल अलग देश भएको अनुभूति नहुनु अन्यथा होइन ।

    हिन्दु राष्ट्र नेपाल

    आधुनिक राष्ट्रको रूपमा कायम भएपछि नै नेपाल लामो समयसम्म हिन्दु राष्ट्र रह्यो । स्वयम् हिन्दु धर्म र सभ्यताको उद्गम स्थल भारत धर्म निरपेक्ष राष्ट्र हुनु, तर नेपाल भने हिन्दु राष्ट्रको रूपमा कायम रहिरहँदा पनि आम भारतीयमा यस्तो मनोविज्ञान कायम हुन पुग्यो, नेपाल पृथक् देश होइन । त्यसमाथि बौद्ध धर्मलाई समेत हिन्दु धर्मको शाखा मान्ने हिन्दुवादी मानसिकताले थप भ्रम सिर्जना गरेको छ । अहिले भारतीयमा बौद्ध, जैन, सिखजस्ता धर्महरू हिन्दु धर्मकै शाखा हुन् भन्ने भावना प्रबल छ । त्यसले गर्दा नेपालमा गौतम बुद्धको जन्म र त्यही बौद्ध धर्मले विश्वधर्मको रूपमा मान्यता पाइसक्दा पनि भारतीयमा नेपाल हिन्दुस्तानी भूखण्ड भएको मानसिकता यथावतै छ ।

    शासकवर्गको दूराग्रही शिक्षा

    हिन्दुधर्म वा हिन्दु सभ्यताको उद्गम स्थल र विचरण भूमिजति सबै हिन्दुस्तान भएको र हिन्दुस्तान नै भारत भएको आधारभूत मानसिकता त्यहाँका शासकवर्गको हो । त्यसमाथि टेकेर त्यहाँका शासकवर्गले दुई वटा दूराग्रही शिक्षा लागु गरेका छन् : एक– नेपाल भारतभित्रै पर्दछ; अर्को– गौतम बुद्ध भारतमा जन्मिएका हुन् । यहाँ पनि खुल्ला सिमानाले यस अवधारणालाई थप सहयोग पुर्याएको छ । यस्तै शिक्षाबाट दिक्षित भएका भारतीयले नेपाल र गौतम बुद्धलाई विदेशी किन मान्थे ? यस्तो पिँढीले नेपाल पृथक्, स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र संयुक्त राष्ट्र सङ्घको सदस्य भएको वास्तविकतालाई स्वीकार गर्न सकेको देखिन्न । फलस्वरूप औपचारिकतामा नेपाललाई अलग देश मानिए तापनि उनीहरू नेपालको सहअस्तित्वलाई सहजै स्वीकार्न सक्दैनन् । यसको अभिव्यक्ति नेपालनीतिमा अभिव्यक्त हुन्छ ।

    गढवाली मानसिकताको उपयोग

    नेपाल विरुद्ध भारतको नीतिमा एउटा महत्त्वपूर्ण फ्याक्टर गढवाली मानसिकता हो । खस साम्राज्यअन्तर्गत र पृथ्वीनारायण शाहको राज्यविस्तारको क्रममा गढवाल गोर्खा राज्यअन्तर्गत रहेको थियो । त्यतिबेला खस र गोर्खाली शासकवर्गबाट त्यहाँका जनतामाथि उत्पीडन भएको तथ्यलाई अस्वीकार गर्न सकिन्न । यही कारण हो– गढवाली जनतामा नेपाली शासकवर्गप्रति घृणा पाइन्छ । यही विशिष्टतालाई बुझेर हुन सक्छ, भारतले नेपालनीतिमा गढवाली मनोविज्ञानलाई उपयोग गरेको पाइन्छ । पङ्क्तिकारलाई सम्झना छ, नोएडाको आरुषि–हेमराज हत्याकाण्डमा नेपाली आरोपितमाथि छानबिन गर्न गढवाली अफिसरलाई जिम्मा दिइएको थियो । त्यसमध्ये दुई जना गढवाली अफिसर त सोधपुछका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय आएका थिए । त्यसैगरी, प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र अजीत डोभललाई पनि गढवाली व्यक्तित्वको रूपमा लिने गरिएको छ । यस पङ्तिकारको उत्तर प्रदेशको अलिगढमा रहँदा एउटा ट्रान्सपोर्ट कम्पनीका म्यानेजरसँग कुराकानी भएको थियो । उनी गढवाली थिए । उनले भनेका थिए– ‘गोर्खालीहरूले त हामी (गढवाली) लाई लुट्न्सम्म लुटेका थिए ।’ यस खालको मनोविज्ञान नेपाल विरुद्ध उपयोग गर्न भारतीय शासकवर्गलाई कुनै अप्ठ्यारो नभएको प्रष्टै छ ।

    सामरिक स्वार्थ

    भारतले आफ्नो भौगोलिक अखण्डताको सवालमा प्रमुख खतरा चीनलाई मान्दछ । पाकिस्तानसित तीक्त सम्बन्ध भए पनि एकातिर त त्यसका पछाडि धार्मिक पूर्वाग्रहले काम गरेको छ । जब धर्म निरपेक्ष शक्ति सत्तामा आउँछन्, पाकिस्तानसितको सम्बन्ध तुलनात्मक रूपमा सहज हुन पुग्छ । अर्कानिर, युद्ध भइहालेमा पाकिस्तानलाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा भारतीय शासकवर्ग ढुक्क छ । श्रीलङ्का र मालदिव्स समुद्री टापु भएकाले त्यति बढी दुश्मनी गर्न आवश्यक देखिन्न । फेरि पनि भारतले यी देशप्रति चीन विरोधी कूटनीति अपनाएकै छ । भुटान भारत संरक्षित देश हो । बङ्गलादेश र अफगानिस्तान भारतका लागि चीन र पाकिस्तानको तुलनामा नजिकका मित्रदेश हुन् । नेपाललाई तत्काल भुटान र लगत्तै सिक्किम बनाउने भारतको विदेशनीति यथावतै छ । यस प्रकारको अवस्थामा सम्पूर्ण शक्ति चीन विरुद्ध खन्याउनु भारतको सामरिक विदेशनीति हो । यही कारण हो– नेहरूले भारतको उत्तरी सिमाना हिमालय पर्वत बताएका थिए । यस अवधारणामा नेपाललाई पृथक् देश नमान्ने मानसिकता त छ नै, त्यसका साथै उत्तर दिशामा भारतले मुख्यतः चीनको सामना गर्नुपर्ने आवश्यकताबोध पनि व्यक्त भएको छ । अहिलेको विवादमा पनि भारतीय मिडियाले चीनलाई जबर्जस्ती सामेल गरिरहेको छ । त्यसका पछाडि नेपाललाई चीनले सघाउन सक्ने त्रासले काम गरेको प्रष्टै देखिन्छ ।

    नेहरू कार्यशैली

    सन् १९६२ को चीन–भारत युद्धदेखिको प्रधानमन्त्री जवाहरलाल नेहरूको विदेशनीति (र कूटनीति पनि) अहिले पनि यथावतै छ । चरण शाण्डिल्यद्वारा लिखित “भारत–चीन सीमाविवाद” पुस्तकमा नेहरूको एउटा अभिव्यक्ति उद्धृत गरिएको छ । त्यसमा नेहरूले भनेका छन्– ‘जहाँ विवाद हुन्छ, त्यहाँ तेरोमेरो भन्ने केही हुँदैन, सबै हाम्रो हुन्छ ।’ चीन विरुद्ध यो कूटनीतिको सफल उपयोग भारतले अक्साई चीनमा प्रयोग गरेको थियो । तर १९६२ को युद्धमा चीनद्वारा पराजित भएपछि त्यो कूटनीति असफल भयो । अहिले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणको सन्दर्भमा भारतले त्यही कूटनीति अनुशरण गरेको प्रतीत हुन्छ । कालापानीमा सैन्य क्याम्प राखेर भारतले सर्वप्रथम त विवाद प्रायोजित गरेको छ, त्यसपछि विवादित भूमिमा ‘तेरोमेरो केही हुँदैन, सबै हाम्रो हुन्छ’ भन्ने मानसिकता व्यक्त गरेको देखिन्छ । त्यही मानसिकतानुसार नेपालको भूमि हुँदै चीनको मानसरोवरसम्म पुग्ने बाटो खनिएको छ ।

    नेपाली शासकको मनोविज्ञान

    यता, नेपाली शासकवर्ग लामो समयदेखि भारतको गरुडछायामा रहँदै आएको छ । शक्तिशाली राज्यलाई खुशी बनाउन भेटी चढाएर पद्वी ग्रहण गर्ने पराधीन मानसिकता राणाकालमा घनीभूत भएको थियो । वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि मातृकाप्रसाद कोइराला नेतृत्वको काङ्ग्रेस सरकारको समयमा उक्त गरुडछाया झनै गाढा भएको थियो । यही समयमा भारतको कथित विशेष सम्बन्ध नेपालमाथि लादिएको थियो । त्यस क्रममा नेपालको उत्तरी सिमानामा १७ वटा भारतीय चेकपोस्ट स्थापना गरियो । कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला १६ वटा चेकपोस्ट हटाइए पनि तिङकरको भारतीय चेकपोस्ट हटाइएन, बरु कालापानीमा स्थानान्तरण गरियो । यस भौगोलिक अखण्डता विरोधी कार्यमा राजा महेन्द्रको सहमति थिएन भनेर कसले भन्न सक्छ ?

    भारतको गरुडछायामा रहेर सत्ता, भत्ता, सलामी, गुलामीको शासकीय संस्कार २०४६ सालको राजनीतिक परिवर्तनपछि पनि यथावतै रह्यो । इतिहास हेर्दा यस सम्बन्धमा सबैभन्दा खराब विरासत नेपाली काङ्ग्रेसको छ । बेलाबखत् यस्तै खालका कमजोरी हँसिया–हथौडाङ्कित झण्डा बोकेका एमाले–माओवादी नेतृत्वले पनि गरेका छन् । यस क्रममा बहालवाला ओली नेतृत्वको सरकारले तुलनात्मक रूपमा भारतसित स्वतन्त्र विदेशनीति अपनाएको छ ।

    खबरदारी नै अन्तिमा विकल्प

    जनता नै वास्तविक देशभक्त हुन्छन् । जनताको खबरदारी नभएको भए नेपाल उहिल्यै सिक्किम बनिसक्थ्यो । अहिले लकडाउनका बाबजुद नेपाली जनता सीमा अतिक्रमण विरुद्ध सडकमा उत्रिए । जनताको यस खालको खबरदारीबाट नै नक्सा सार्वजनिक भएको भयो । जे होस्, यो स्वतन्त्र विदेशनीतिको प्रारम्भ हो । नक्सा, लालमोहर, सनद, जलविज्ञानको सिद्धान्त, तिरो तिरेको प्रमाण, जनगणनाको प्रमाण र मतदाता नामावलीजस्ता प्रमाणको आधारमा लिम्पियाधुरादेखि कालापानी हुँदै लिपुलेकसम्को तीन वटा भक्तपुर बराबरको भूखण्डमाथिको नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न झनै ठुलो जनखबरदारी आवश्यकक छ । जनताको खबरदारी, खबरदारी र खबरदारीले मात्र भारतीय साम्राज्यवादका विरुद्ध लडेर नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित राख्न सकिने छ ।

    जनताको खबरदारी र देशको सार्वभौमिकता र भौगौलिक अखण्डता अनुलोम अनुपातमा रहने छन् : जुन अनुपातमा जनताको खबरदारी बढ्दै जाने छ, त्यही अनुपातमा देशको सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित हुने छ । त्यसका विपरीत जब जनताको खबरदारी कमजोर हुने छ, तब नेपाली सार्वभौमिकता र भौगोलिक अखण्डता पनि समाप्त हुने छ । त्यो अवस्थामा देश भुटान हँुदै सिक्किम बन्न पुग्ने छ । के हामी नेपाललाई भुटान हुँदै सिक्किम बनेको टुलुटुलु हेर्न सक्छौँ ? अवश्य पनि सक्दैनौँ । किनकि हामी वीर गोर्खालीका सन्तान हौँ, जो बेलायतको सूर्य नअस्ताउँदैसमेत कहिल्यै कसैको गुलाम रहेन ।

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.