हेम बिजी
Advertisement
सकेन देशले धान्नै संघीयता फाल्नु पर्छ अब
गयो भत्किँदै राष्ट्रको अर्थतन्त्र टाल्नु पर्छ अब ।
न माग थियो जनताको न जनताको आवाज
विदेशी षडयन्त्र हो संघीयता ढाल्नु पर्छ अब ।
संघीयता नै हो जात जात क्षेत्र क्षेत्र राज्य खोज्ने
बचाउन राष्ट्रिय अखण्डता कदम चाल्नु पर्छ अब ।
चाहिँदैन यो प्रदेश चाहिँदैन यो संघीय व्यवस्था
किनकी हजारौँ संसद र मन्त्री पाल्नु पर्छ अब ।
राष्ट्रियता जोगाउन र संघीयता खारेज गराउन
राजधानी केन्द्रित आन्दोलन थाल्नु पर्छ अब ।।