काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ स्थापना गरेको छ ।
कृषिजन्य वस्तुको उत्पादन तथा वितरण गर्ने उद्देश्यले खोलिएको व्यापार केन्द्रको सोमवार एक कार्यक्रमका बीच नेकपा महासचिव चन्द, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।

व्यापार केन्द्रको उद्घाटन गर्दै नेकपा महासचिव चन्दले उक्त व्यापारिक केन्द्रले मुलुकको आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वस व्यक्त गरे । उनले व्यापारिक केन्द्रको स्थापना कम्युनिष्ट आन्दोलनबाट प्रभावित भएर नभई वर्तमान सामाजिक अवस्था र उद्यागी व्यवसायीहरुको सुझावको आधारमा भएको बताए । महासचिव चन्दले व्यापारिक केन्द्रले कृषिजन्य वस्तुको आयातमा कमी आउने बताए ।
सी व्यापारिक केन्द्रमा कृषिजन्य वस्तुको उत्पादन र वितरण गरिने बताइएको छ ।
