• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

एमालेमा फर्केर सक्रिय राजनीति गर्ने पूर्वराष्ट्रपति भण्डारीको चाहना


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रिय पार्टी राजनीति गर्ने चाहना व्यक्त गरेकी छन् । उनले आफू एमालेबाट यो ठाउँमा पुगेको भन्दै पुनः एमालेमै फर्केर सक्रियता बढाउने स्पष्ट पारेकी हुन् ।

    Advertisement

    सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा देशमा शान्ति, स्थायित्व र दिगो विकासको लागि आफू सक्रिय रूपमा शिक्षा, युवा, महिला र रोजगारीको विषयमा सक्रिय रूपमा आफ्नो उपस्थिति देखाएको पनि बताइन्। राजनीति भन्दा कोही टाढा नहुने भएकोले ढिलो चाँडो एमालेमै फर्किने बताइन्।

    उनले हिजो पनि एमालेमा नै जन्मिएको, हुकेको, बढेर यहाँसम्म ल्याएकोले फेरि पनि त्यहीँ फर्किने बताएकी हुन्। उनले अहिले नै पार्टी राजनीतिमा सक्रिय भई हाल्ने बेला नभएकोले त्यो बेला आएपछि भन्ने बताइन्।

    ‘नेपालको हितको लागि के के गर्नु पर्छ, त्यसको राष्ट्रिय एजेन्डाहरूमा मेरो चासो हुने नै भयो,’ उनले भनिन्, ‘शिक्षाको कुरा गरिरहेको छु, मैले स्वास्थ्यको कुरा गरिरहेको छु, मैले जलवायु परिवर्तनको कुरा गरिरहेको छु, म युवा वैज्ञानिकहरूसँग भेट गरिरहेको छु भने त्यसलाई तपाईँहरू कसरी बुझ्नुहुन्छरु’

    पार्टीमा आबद्ध हुने नहुने, कुन पार्टीमा हुने भन्ने कुरा फरक विषय भए पनि राजनीतिबाट कोही अछुत नभएको उनले बताइन्।

    भण्डारीले राष्ट्रिय राजनीतिबाट कोही बाहिर नहुने पनि सुनाइन् । देशको स्थायित्व, शान्ति र प्रगति होस् भन्ने कुरामा आफूले चासो राखेको उल्लेख गरिन्।

    ‘मैले हिजो पनि त्यही विषयलाई लिएर आफ्नो कर्तव्य पुरा गरेको हो,’ उनले भनिन्, ‘वर्गीय, शोषण, श्रमको विरुद्धमा हिजोदेखि नै लागेकोले देशको समग्र विकासको लागि लाग्छु।’

    राष्ट्रिय एजेन्डा, महिला, बालबालिका, खानेपानी लगायतको विषयमा आफ्नो चासो र चिन्ता रहेको जानकारी गराइन्।

    ‘जहाँसम्म दलीय रूपमा रहेर जिम्मेवारी लिने की नलिने भन्ने कुरामा अहिलेसम्म म प्रवेश गरिसकेको छैन,’ उनले भनिन्, ‘अब भोलि कुन दलमा काम गर्ने भन्ने पनि कुरा आउँछ होला, म हिजो नेकपा एमालेबाट आएको, जन्मेर हुर्केर यो ठाउँसम्म पुगेको हुनाले जाँदा पनि त्यहीँ नै कुरा हुन्छ।’

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.