• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

चार दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • दार्चुला । सदरमुकाम खलङ्गा जोड्ने एक मात्र महाकाली लोकमार्ग चार दिनदेखि अवरुद्ध भएको छ । सदरमुकाम नजिकै रहेको महाकाली नगरपालिका–५ किम्तडीको ठड्याकाटा भीरमा सडक अवरुद्ध भएको हो ।

    Advertisement

    शुक्रबार सडक चौडा बनाउने क्रममा पहिरो खसेको थियो । पहिरोमा परी स्काभेटर चालक रेशम बुढामगर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । एक मात्रै मुख्य राजमार्ग अवरुद्ध बनेपछि साना तथा ठूला सवारीसाधन दुईतर्फ रोकिएका छन् । धनगढी, महेन्द्रनगर, काठमाडौँबाट आउने बस तथा जीप किम्तडीबाट फर्किरहेका छन् । साथै मालवाहक ट्रक पनि रोकिएका छन् ।

    खलङ्गामा रोकिएका बस, जिप बसपार्कमा थन्किएका छन् । एम्बुलेन्स पनि चल्न पाएका छैनन् । वैकल्पिक मार्ग नहुँदा खलङ्गासम्मको आवतजावत ठप्प भएको जनाइएको छ । सो लोकमार्ग अवरुद्ध हुँदा सदरमुकाम खलङ्गा अध्ययन गर्न आउने बालबालिका जोखिममा छन् ।

    सदरमुकाम नजिकै रहेको सडक अवरुद्ध हुँदा बालबालिकाले जोखिम मोलेर आवतजावत गर्नु परेको अभिभावकको गुनासो छ । महेन्द्र नमूना मावि खलङ्गा र एसियन अकाडमीको स्कुल बस रोकिएका छन् । त्यसका कारण धाप, दत्तु, किम्तडीलगायत ठाउँबाट आउने विद्यार्थी मर्कामा परेका छन् । विद्यार्थीलाई भिरको बाटो हिँडाउँदा निकै जोखिम भएको महेन्द्र नमूना माविका प्रधानाध्यापक दामोदर जोशी बताउनुहुन्छ ।

    यस्तै जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन सडक डिभिजन बैतडीलाई पत्रचार गरेको छ । आइतबार कार्यालयलाई सडक मर्मत तथा सञ्चालन गर्न पत्रचार गरेको हो । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सडक चौडा गर्ने क्रममा खसेको पहिरोले सदरमुकाम खलङ्गासम्म आवतजावतमा कठिनाइ भई नागरिकको जनजीवन कष्टकर भएको जनाउनुभएको छ ।

    प्रशासनको पत्रचारपछि निर्माण व्यवसायीले एक–दुई दिनभित्र पैदल बाटो खुलाउने जनाएको छ । सडक पूर्ण रुपमा सञ्चालन हुन भने केही समय अझै लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.