• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

केही दिनको फरकमा अस्ताएका दुई व्यक्तित्व (संस्मरण)


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान गर्नुभएका क. गिरिराज पुन (रामलाल) को मृत्यु भएको छ । २०८१ माघ १० गते बिहीबार बेलुका सामान्य समस्या देखिएको भनेर अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको हो ।

    भारतमा रहँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा होस् वा गाउँमा हुँदा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चाको एउटा इमानदार योद्धा गुमाउन पुगेका छौँ हामीले । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिबाङको (कामिचार) निवासी रामलालज्यूको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान छ । कम्युनिस्ट आन्दोलनमा जीवन नै समर्पित गर्नुभएका उहाँको सङ्घर्ष र राजनीतिको इतिहास निकै स्मरणीय छ ।

    जनस्तरका कार्यकर्तासँग गहिरो सम्बन्ध राख्नुहुने उहाँ कोचिबाङमा राष्ट्रिय जनमोर्चाको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । जीवनको सफलता र असफलताको बाटो देखाउँदै प्रशिक्षण दिने उहाँ राजनैतिक जीवनमा पूर्ण रूपमा सफल हुन नसके पनि सामाजिक जीवनमा सफल हुँदै गर्दा उहाँको देहान्त भएको छ ।

    नेपालको १० वर्षे सशस्त्र द्वन्द्व होस् वा देशको अग्रगामी व्यवस्था परिवर्तनको आन्दोलनमा उहाँको ठुलो योगदान छ । भारतमा रहेर एकता समाजबाट राजनीति सुरु गर्नुभएका पुनले मसाललाई जोगाउन महत्त्वपूर्ण योगदान गर्नुभएको थियो । सर्वहारा वर्ग अर्थात् गरिखाने वर्गको मुक्तिलाई पुँजीवादभन्दा समानतासहिदको समाजवाद र नयाँ जनवादको मुद्दासहित गाउँबाट पार्टीप्रति जीवन समर्पण गर्नुभएको उहाँको परिवारले नै कम्युनिस्ट आन्दोलनमा लगानी गरेको छ ।

    अल्पायुमै श्रीमती गुमाउनुभएका उहाँको पाँच बहिनी छोरी डिला पुन, बिना पुन, भूमति पुन, कमला पुन, मेनिका पुन—यी पाँच बहिनीमध्ये चार बहिनी रक्तिम सांस्कृतिक अभियानका सक्रिय कलाकार थिए । समाज परिवर्तनका लागि किसान मजदुरको अभियानसँगै सांस्कृतिक आन्दोलनबाट पनि समाज परिवर्तन गर्न सकिन्छ भन्ने हेतुले आफ्नो परिवारलाई ती कुरामा लाग्न सल्लाह दिनुहुन्थ्यो । सांस्कृतिक आन्दोलनबाट जनतालाई सजिलै बुझाउन र जागरुक बनाउन सकिन्छ भन्ने उहाँ मेरो पनि राजनीति मात्रै होइन, पारिवारिक प्रेरणाको श्रोतसमेत रामलाल पुन हुनुहुन्थ्यो ।

    हरेक वर्ष तिहारमा प्रगतिशील भैलोसँगै अन्य कार्यक्रममा सधैँ आफ्नो घरमा कलाकारलाई तयारी गर्न लगाउने, खानपिनको व्यवस्थापन गर्ने, रातदिन खटिएर कार्यक्रम राम्रो र अनुशाषित बनाउन दिनभरि नाचेर थाकेका कलाकारहरू पनि उहाँको मिठो बोलीबाट ‘बाबुनानीहरू परिवर्तन हुन्छ† हामीले गर्नुपर्छ† परिवर्तन मजदुरबाटै सम्भव छ† हामीले नै अगाडि बढाउन सकिन्छ’ भन्दै प्रशिक्षण दिने एउटा योद्धा हुनुहुन्थ्यो ।

    उहाँको योगदानको बारेमा व्याख्या गरेर सकिँदैन तर उनै महान् सिपाहीको ७२ वर्षको उमेरमा दुखद निधन भएको छ । हामी स्तब्ध छौँ ।

    हामी यी साहसी, इमानदार अभिभावक गुमाउँदा अर्थात् यो दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित भएका छौँ । शोकको यस दुखद घडीमा मृतक गिरिराज पुन फुपाजुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु तथा शोकसन्तप्त पुन परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    अर्को दुःखद निधन नरबहादुर पुनको

    प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिबाङ घुर्चेका नरबहादुर पुनको केही दिन पहिले मृत्यु भएको छ । गाउँमा आफ्नो जीवनको ७० प्रतिशत जीवन त्यही गाउँमा खेतीपाती गरेर चलाउनुभएका पुन, जसले हामीलाई तिहारमा भैलो लिएर ‘जाँदा खाना देऊ, थाकेका, भोकाएका होलान् केटाकेटी’ भन्नुहुन्थ्यो, उनै व्यक्ति अस्ताएका हुन ।

    पुन गाउँमा अलि मानिएका व्यक्ति हुनुहुन्थ्यो । राष्ट्रिय जनमोर्चामा आस्था नराखे पनि नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानको कार्यक्रममा विशेषतः हरेक वर्षमा नेपाली हिन्दु धर्मावलम्बीहरूको चाड तिहारको मौकामा खेलिने रक्तिम अभियानको जनवादी भैलो वा रक्तिमका कलाकारलाई अत्यन्तै माया गर्नुहुन्थ्यो ।

    हरेक वर्ष घुर्चेको पिपलडाँडामा लाग्ने तिहारको पाँच दिनपछिको पञ्चमी मेलामा हरेक वर्ष भैलो लिएर जान्थ्यौँ र लगभग त्यहाँ जाँदाको दिन होस् वा रात, हाम्रो खाना, बस्न त्यहीँ हुन्थ्यो । रक्तिम अभियानका कलाकारलाई माया गर्ने पुनका चार भाइ छोराहरू जेठा जितबहादुर पुन, माहिला लुमाकान्त पुन, साहिला गिरिराज पुन र कान्छा मीनराज पुन हुनुहुन्छ । ती छोराहरूमध्ये केही गाउँबाटै सङ्गठित हुनुभयो भने धेरैजसो विदेश बसाइमा नै सङ्गठित भए जस्तो लाग्छ मलाई ।

    जुन देशबाट सङ्गठित हुनुभयो, त्यो देशमा निकै जिम्मेवारीपूर्वक सङ्गठन हाक्नुभएको देखिन्छ । अहिले पनि माहिला छोरा लुमाकान्त पुन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको महासचिव र कान्छो छोरा कतार नेपाली एकता समाजको महासचिव जस्तो जिम्मेवार पदमा बसेर सङ्गठन हाँकिरहनुभएको छ ।

    स्मृतिशेष पुन केही वर्षपहिला कोचिबाङबाट बसाइँसराइ गरी दाङको नारायणपुरमा बस्दै आउनुभएको थियो । पुन छोराहरूको प्रभावले अहिले राष्ट्रिय जनमोर्चामा आबद्ध हुनुहुन्थ्यो । उहाँ इमानदार, सचेत र निकै मिलनसार हुनुहुन्थ्यो ।

    रक्तिम अभियान कोचिबाङको भैलो लिएर जाँदा सधैँ केटाकेटीलाई खान देऊ, थाकेका होलान भन्ने बुबा नरबहादुर पुनको यो दुखद खबरले अत्यन्तै मर्माहत बनाएको छ । चार भाइ छोरा र तीन बहिनी छोरीका अभिभावक नरबहादुर सम्झनामा आइरहनुहुने छ ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुन र कतार नेपाली एकता समाजका महासचिव मीनराज पुनका पूजनीय बुबा हामी धेरैका अभिभावक हुनुहुन्थ्यो । हामीलाई बाल्यकालमा अत्यन्तै माया गर्ने बुबाको ६५ वर्षको उमेरमा दुखद निधन भएको खबरले अत्यन्तै मर्माहित भएको छु । यस शोकको घडीमा मृतक बुबाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु तथा शोकसन्तप्त पुन परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.