• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

प्रदेश संसदमै जिसीको उद्घोषः प्रदेश संरचनाको सेतो हात्ती आवश्यक छैन


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सांसद तारा जिसीले संघीयता खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार सुरु भएको प्रदेश संसदको बैठकलाई सम्बोधन गर्दै सांसद जिसीले प्रदेश संरचनालाई ‘सेतो हात्ती’ को संज्ञा दिनुभयो ।

    Advertisement

    ‘संघीयता नामको सेतो हात्तीको बोझ जनताले धेरै समयसम्म उठाउन सक्दैनन् । संकटमा काम नलाग्ने प्रादेशिक संरचना खारेज गरौं’ सांसद जिसीले भन्नुभयो, ‘स्थानीय तहलाई अधिकार सम्पन्न बनाऔं । प्रदेश संरचनामा खर्च हुने ठुलो धनराशी स्थानीय तहमार्फत विकास निर्माण र कोरोना नियन्त्रण लगायत जनताको अत्यावश्यक सेवामा लगाऔं ।’

    प्रदेश सांसद जिसीले सरकारको गलत नीति र ब्यवहारका कारण देशमा कोरोना माहामारीको संक्रमण भुसको आगो झैँ फैलिरहेको बताउनुभयो । भारतबाट फर्किएका नेपालीको उचित व्यवस्थापन नगर्दा जोखिम बढेको जिसीको भनाई थियो ।

    ‘भारतमा लाखौंको संख्यामा रहेका असंगठित क्षेत्रमा कार्यरत नेपाली नागरिक रोजगारी गुमेपछि भोक भोकै मर्नुभन्दा हप्तौं हिँडेर वा जोखिमपूर्ण यात्रा गर्दै लालावाला सहित सीमाक्षेत्रमा जम्मा भए । सीमामा उनीहरुमाथी अमानवीय ब्यवहार गरियो’ सांसद जिसीले भन्नुभयो, ‘नेपाल सरकारले पनि सबै शक्ति लगाएर जन्मभूमि पस्न नदिई युद्धको अवस्था सिर्जना गर्यो । लामो भयाभह र कष्टकर यातना पछि बाध्य भएर अबैध रुपमा नेपाल पस्नुको विकल्प भएन । यही कारणले गाउँ, बस्ति, शहर जताततै कोरोनाको संक्रमण भुसको आगो झैँ फैलिरहेको छ ।’

    सीमाक्षेत्रसम्म आइपुगेका नागरिकलाइ वैधानिक र नियमित रुपमा चेकजॉच गरी स्वदेश भित्राइ क्वारेन्टिनमा राख्न आवश्यक ब्यवस्था गर्न जिसीले माग गर्नुभयो । भारत,खाडी लगायत विदेशमा रहेका नेपालीहरुलाई जवरजस्ती लामो समय रोक्न खोजे झन् भयाभह स्थिति सिर्जना हुने बताउँदै उनीहरुलाई देश भित्रै रोजगारीको अबस्था सिर्जना गरी देशलाई आत्मनिर्भर बनाउन सरकारलाई सुझाव पनि दिनुभयो ।

    प्रदेश सभाको बैठकलाई राजमोको तर्फबाट शुभकामना दिँदै सांसद जिसीले कालापानी, लिपुलेख र लिम्पियाधुरा सहित समेटेर नेपालको वास्तविक नक्सा जारी गरेकोमा सरकारलाई र लकडाउनको अवधिमा पनि आवाज उठाउने देशभक्त जनतालाई बधाइ दिनुभयो ।

    प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु भएको हो । सभामा विभिन्न दलका सांसदहरुले शुभकामना दिएका थिए ।

    बजेट अधिवेशनको आज पहिलो दिनको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको पत्र तथा यसअघिको पाँचौँ अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विभिन्न विधेयकसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.