मनिराम खनाल ##
Advertisement
चैत्र २४ जुटौँ सबै सङ्घीयता मास्न
देश डुबाउने प्रणाली किन पऱ्यो राख्न ?
चैत्र २४ आन्दोलनको सुनौलो दिन
खारेज गर्न सङ्घीयता काठमाडौँ हिँड
सुन्निएका ठुला पार्टी राष्ट्रघाती कस्ता
हुनुपर्छ दूरदर्शी नेकपा मसाल जस्ता
सङ्घीय प्रणाली आयो हामीलाई डस्न
यसलाई खारेज नगरेर सकिएन बस्न
परनिर्भर देश भयो सात टुक्रा पऱ्यो
सङ्घीयता आएदेखि अस्थिरता बढ्यो
अनावश्यक कर बढ्यो गरिबलाई यसले
त्यसैकारण खारेज गरौँ सङ्घीयता सबले
विदेशीलाई खुसी पार्न सङ्घीयताको भरण
आवश्यकता अधिकारको विकेन्द्रीकरण
स्थानीय सुशासन हो पालिकालाई दिने
थप अधिकार चाहियो ? केन्द्रबाट लिने
चोर बाटो प्रयोग गरी सङ्घीयता आयो
ऋणमा डुबाएर मागी मागी खायो
यसलाई अझै पाल्यौँ भने पूरै देश खान्छ
देशभक्त जुट्यौँ भने आन्दोलनले जान्छ