• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सङ्घीयतामृत्युको घोषणा गर्दै राष्ट्रिय जनमोर्चा नवलपुरले शङ्ख फुक्ने


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • कावासोती । राष्ट्रिय जनमोर्चाले नवलपुरमा सङ्घीयताको मृत्यु भएको घोषणा गर्दै शङ्ख फुक्ने (शङ्खध्वनि) कार्यक्रम तय गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ ७ गते सोमबार सम्पन्न भेलास्तरीय भेलाले सो कार्यक्रम तय गरेको हो ।

    भेलाद्वारा पारित कार्यक्रमअनुसार सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप आगामी चैत ८ गते शङ्खध्वनि कार्यक्रम सम्पन्न गरिने छ ।

    भेलाले माघदेखि चैतसम्म काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप विभिन्न कार्यक्रम निश्चित गरेको छ ।

    सो क्रममा माघ १२ गते विनयत्रिवेणीमा, माघ १४ गते हुप्सेकोटमा, माघ १६ गते मध्यविन्दुमा, माघ १८ गते देवचुलीमा र माघ २० गते गैँडाकोटमा भेला तथा कोणसभाको कार्यक्रम तय गरिएको छ ।

    भेलाले माघ १० देखि चैत २३ गतेसम्म जनभेटघाटका साथै आर्थिक सङ्कलनको कार्यक्रम तय गरेको छ ।

    त्यस्तै, माघ २८ गते कावासोतीमा पत्रकार सम्मेलन गरिने छ भने माघ २० देखि फागुन २० गतेसम्म वालपेन्टिङ कार्यक्रम तय गरिएको छ ।

    त्यसैगरी फागुन २५ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना बस्नु, ज्ञापनपत्र बुझाउनुका साथै कोणसभा पनि सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

    चैत १ देखि ५ गतेसम्म जिल्लाव्यापी मोटरसाइकिल जुलुस, डौडजुलुस र सिट्ठी जुलुसको कार्यक्रम तय गरिएको छ ।

    त्यस्तै, चैत १० देखि १४ गतेसम्म प्रचारप्रसारस्वरूप माइकिङ कार्यक्रम सम्पन्न गरिने छ भने चैत १४ देखि २३ गतेसम्म काठमाडौँ पुग्न आवश्यक तयारी गरिने छ ।

    भेलामा राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराई र दीपक पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव प्रेम सापकोटा, जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विक, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो र नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धनबहादुर सुर्पाकमगर, रक्तिम सांस्कृतिक अभियानका गण्डकी प्रदेश अध्यक्ष भक्तबहादुर उचई, अखिल नेपाल जनजाति सम्मेलन नवलपुरका अध्यक्ष विकाराम चौधरी, राजमो चितवनका गोविन्द लामिछाने, मूल प्रवाहकी सीता सापकोटा, राजमो कावासोतीका धनपति अधिकारी र राजमो हुप्सेकोटका मानबहादुर लामाको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष गिरबहादुर महतारा, सञ्चालन टेकराज पौडेलले र स्वागत होमनाथ पराजुलीले गर्नुभएको थियो ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.