• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सङ्घीयतामृत्युको घोषणा गर्दै राष्ट्रिय जनमोर्चा नवलपुरले शङ्ख फुक्ने


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • कावासोती । राष्ट्रिय जनमोर्चाले नवलपुरमा सङ्घीयताको मृत्यु भएको घोषणा गर्दै शङ्ख फुक्ने (शङ्खध्वनि) कार्यक्रम तय गरेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा २०८१ माघ ७ गते सोमबार सम्पन्न भेलास्तरीय भेलाले सो कार्यक्रम तय गरेको हो ।

    भेलाद्वारा पारित कार्यक्रमअनुसार सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप आगामी चैत ८ गते शङ्खध्वनि कार्यक्रम सम्पन्न गरिने छ ।

    भेलाले माघदेखि चैतसम्म काठमाडौँकेन्द्रित आन्दोलनको तयारीस्वरूप विभिन्न कार्यक्रम निश्चित गरेको छ ।

    सो क्रममा माघ १२ गते विनयत्रिवेणीमा, माघ १४ गते हुप्सेकोटमा, माघ १६ गते मध्यविन्दुमा, माघ १८ गते देवचुलीमा र माघ २० गते गैँडाकोटमा भेला तथा कोणसभाको कार्यक्रम तय गरिएको छ ।

    भेलाले माघ १० देखि चैत २३ गतेसम्म जनभेटघाटका साथै आर्थिक सङ्कलनको कार्यक्रम तय गरेको छ ।

    त्यस्तै, माघ २८ गते कावासोतीमा पत्रकार सम्मेलन गरिने छ भने माघ २० देखि फागुन २० गतेसम्म वालपेन्टिङ कार्यक्रम तय गरिएको छ ।

    त्यसैगरी फागुन २५ गते जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना बस्नु, ज्ञापनपत्र बुझाउनुका साथै कोणसभा पनि सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।

    चैत १ देखि ५ गतेसम्म जिल्लाव्यापी मोटरसाइकिल जुलुस, डौडजुलुस र सिट्ठी जुलुसको कार्यक्रम तय गरिएको छ ।

    त्यस्तै, चैत १० देखि १४ गतेसम्म प्रचारप्रसारस्वरूप माइकिङ कार्यक्रम सम्पन्न गरिने छ भने चैत १४ देखि २३ गतेसम्म काठमाडौँ पुग्न आवश्यक तयारी गरिने छ ।

    भेलामा राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराई र दीपक पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव प्रेम सापकोटा, जातीय समता समाजका केन्द्रीय सदस्य लक्ष्मी विक, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो र नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धनबहादुर सुर्पाकमगर, रक्तिम सांस्कृतिक अभियानका गण्डकी प्रदेश अध्यक्ष भक्तबहादुर उचई, अखिल नेपाल जनजाति सम्मेलन नवलपुरका अध्यक्ष विकाराम चौधरी, राजमो चितवनका गोविन्द लामिछाने, मूल प्रवाहकी सीता सापकोटा, राजमो कावासोतीका धनपति अधिकारी र राजमो हुप्सेकोटका मानबहादुर लामाको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष गिरबहादुर महतारा, सञ्चालन टेकराज पौडेलले र स्वागत होमनाथ पराजुलीले गर्नुभएको थियो ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • २.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ३.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ४.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ५.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ६.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ७.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ८.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.