टेकराज भुसाल, सन्धिखर्क ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–१ ढाकाबाङबाट निर्वाचित वडाध्यक्ष भोजराज खनाललाई मातृशोक परेको छ ।
७० वर्षीया आमा कृष्णा खनालको २०८१ माघ ६ गते आइतबार निधन भएसँगै उहाँ मातृशोकमा पर्नुभएको हो ।
स्मृतिशेष खनालको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिका नगरप्रमुख झबिलाल थापाले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली दिनुभएको थियो ।

स्थानीय दधेरीघाटमा गरिएको अन्त्येष्टिमा खनाललाई श्रद्धाञ्जली दिन राजमो केन्द्रीय सदस्य सागर केसी, जिल्ला सचिव तथा भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार, भूमिकास्थान–१ का वडाध्यक्ष गोपालप्रसाद खनाल, वडा नं. २ का वडाध्यक्ष बुद्धिबहादुर थापा, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका सल्लाहकार काशिराम गमाललगायत जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक व्यक्तित्व उपस्थित हुनुहुन्थ्यो ।
भूमिकास्थान–१ सामनेगाउँकी स्मृतिशेष खनालका तीन छोराहरू भोजराज खनाल, रामप्रसाद खनाल र खिमप्रसाद खनाल रहेका छन् ।
