केरसिंह अदै, तौलिहवा ।
कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. १ मा राष्ट्रिय जनमोर्चाको तेस्रो वडा भेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका सचिव केरसिंह अदैको प्रमुख उपस्िितमा २०८१ माघ ५ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलाले शिवप्रसाद चौधरी अध्यक्ष रहनुभएको सल्लाहकारसहित १५ सदस्यीय वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा चनकिया थारू, सचिवमा कर्मराज चौधरी, कोषाध्यक्षमा मोहन चौधरी तथा सदस्यमा मानबहादुर राणा, मदन विक, श्रीराम चौधरी, लालबहादुर चौधरी र कमला पुनमगर रहनुभएको छ ।
वैकल्पिक सदस्यमा सोनिया डगौरा र होमबहादुर सुनार रहनुभएको सो समितिको सल्लाहकारमा जित बहादुर जिसी, राजु विक, केहरसिंह पुन र छन्दबहादुर जिसी रहनुभएको छ ।
भेलामा जिल्ला समितिका सचिव अदैले देशको समसामयिक राजनीतिक परिस्थिति र सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको बारेमा प्रकाश पार्नुभएको थियो ।
निर्वाचित समितिलाई राजमो कपिलवस्तुका कोषाध्यक्ष केहरसिंह पुनले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
राजु विकको अध्यक्षतामा अघि बढेको सो भेलाको सञ्चालन राजु विक ले गर्नु भएको थियो भने स्वागत मन्तव्य लालबहादुर चौधरीले गर्नु भएको थियो ।