दाङ । दाङको घोराहीमा रक्तिम सांस्कृतिक अभियानले सङ्घीयता विरुद्ध सडक सांस्कृतिक अभियान चलाउने भएको छ ।
Advertisement
रक्तिम २०८१ माघ १२ देखि चैत २० गतेसम्म सङ्घीयताका विरुद्ध सो अभियान सञ्चालन गर्ने भएको हो ।
माघ ३ गते नगर अध्यक्ष उत्सव पुनको अध्यक्षतमा बसेको रक्तिम घोराहीको बैठकले सो निर्णय गरेको बताइएको छ ।
बैठकमा राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थिति रहेको थियो ।
बैठकले नेतृत्व र वैचारिक क्षमता विकास गर्नका लागि माघ १६ र १७ गते प्रशिक्षण कार्यक्रम गर्ने निर्णय जानकारी दिइएको छ ।
त्यस्तै, नियमित रूपमा रचनात्मक कार्यक्रम गर्दै जानेसमेत बैठकले निर्णय गरेको नगर अध्यक्ष पुनले जानकारी दिनुभयो