काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागमती प्रदेश समिति र काठमाडौँ जिल्ला समितिको संयुक्त बैठक सम्पन्न भएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८१ माघ २ गते बुधबार काठमाडौँमा सो बैठक सम्पन्न भएको हो ।
बैठकले माघ २५ गते आयोजित अप्फाको राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिको छनोट गरिएको प्रदेश समितिका अध्यक्ष केबी घलेले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनलाई सघाउने तथा केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीको उपचारार्थ सहयोग जुटाउने निर्णय भएको पनि उहाँले बताउनुभयो ।