• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बुटवलको सुप्रिम सहकारीमा रवि लामिछानेलाई चार करोडभन्दा बढी बिगो


  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चार करोड भन्दा बढी बिगो माग गरिएको छ ।

    Advertisement

    प्रहरीले दोस्रो चरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो बिगो कायम गर्न सिफारिस गरेको हो ।

    जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान प्रतिवेदन प्राप्त भएको बताउँदै अभियोजनका लागि तयारी गरिरहेको बताए ।

    पुरक अनुसन्धानमा रास्वपा सभापति लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीको राय छ ।

    यसअघिको पहिलो चरणको अनुसन्धानमा २८ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। दोस्रो चरणको अनुसन्धानपछि यो मुद्दाको बिगो पनि थप भएको छ । पहिलो चरणमा जम्मा बिगो १ अर्ब ३ करोड रहेकोमा ९ करोड बिगो बढेको छ ।

    अब जम्मा बिगो १ अर्ब १२ करोड बढी कायम भएको छ ।

    प्रतिवादी रवि लामिछाने र छविलाल जोशीको हकमा पनि छुट्टा छुट्टै बिगो कायम गरिएको छ । लामिछानेको हकमा प्रहरीले ४ करोड बढी बिगो कायम गरेर पठाएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

    लामिछानेलाई भन्दा बन्जाडेलाई ७÷८ लाख बढी बिगो कायम गरिएको छ । दुवै जनाको हकमा व्यक्तिगत दायीत्व करिव २ करोड र सामुहिक दायित्व २ करोड जति नै गरी ४ करोड बढी बिगो कायम भएको स्रोतले जानकारी दिएको छ ।

    उनीहरुमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर गर्न प्रहरीको राय छ । सम्पत्ति शुद्धीकरणमा कास्की अदालतमै मुद्दा दायर भइसकेकाले रुपन्देहीमा नहुने भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि र छविसहितका ७ प्रतिवादी धरौटीमा रिहा भएका छन्।

    रविलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा र छविलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। आदेश आएको केहिबेरमै धरौटी बुझाएर उनीहरु रिहा भएका हुन्।

    शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.