टेकराज भुसाल, बुटवल ।
गत मङ्सिर २८ गते राति बुटवलको तिनाउ पुलनजिकै भएको सडक दुर्घटनामा ज्यान गुमाएका कपिलवस्तुका २३ वर्षीय हरि शर्मा (न्यौपाने) को परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घ केन्द्रीय समितिको तर्फबाट शर्मा परिवारलाई नगद ५० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभाको अवसर पारेर पुस २४ गते न्यौपाने परिवारको तर्फबाट अर्घाखाँची क्याटरिङ एन्ड पार्टीप्यालेस प्रालि बुटवलका सञ्चालक ज्ञानप्रसाद खनाललाई नगद रकम हस्तान्तरण गरिएको थियो ।
सञ्चालक खनालले नेपाल राष्ट्रिय पार्टी प्याल महासङ्घको तर्फबाट आएको ५० हजार पाँच सय रुपैयाँमा अर्घाखाँची क्याटरिको तर्फबाट ५० हजार रुपैयाँ थप गरी न्यौपानेको परिवारमा हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।
न्यौपाने बुटवल–१३ बेलवासमा रहेको अर्घाखाँची क्याटरिङमा गाडीचालकको रूपमा काम गर्दै आउनुभएको थियो ।