काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुटील र छद्म भएको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रचण्डभन्दा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुला र प्रस्ट भएको टिप्पणी गरेका छन्।
बिहीबारै बिहानै सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बाबुरामले प्रचण्डप्रति आक्रोश पोखेका हुन् ।
गएको निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रसमेत प्रचण्डका लागि त्याग गरेका बाबुरामले प्रचण्डबाट धोखा पाएपछि उनीविरुद्ध बेलाबेलामा आक्रोश पोखिरहन्छन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले हालै सम्पन्न एमाले र माओवादी केन्द्रका केन्द्रीय समितिका बैठकका दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभकालको रुसी पार्टीको झल्को आएको टिप्पणी गर्दै ‘बाहिरी रूप समाजवादी, भित्री सार नोकरशाही पुँजीवादी’ भएको आरोप लगाएका छन्।
ओली र प्रचण्डको तुलना गर्दै भट्टरसाईले लेखेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रस्ट ! प्रचण्ड सदा झैं कुटील र छद्म ! खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमार क्रान्तिकारी लफ्फाजीको प्रयोगमा !
बाघ भर्सेस ब्वाँसो ?
नेपाल र रूसको नियति फरक होला ?’
ओली र प्रचण्डका ‘कम्युनिष्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो – बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!
बरू ओली अलि बढी खुला र प्रष्ट! प्रचण्ड सदा झैं कुटील र छद्म! खासगरी नेपालको जटील भूराजनीति र… pic.twitter.com/6bXItsLSTy
— Baburam Bhattarai (@brb1954) January 9, 2025