• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

प्रवासी नेपालीको व्यवस्थापन कसरी गर्ने ? राजमोले दियो यस्तो सुझाव


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट स्वदेश फर्कने नेपालीलाई सिमानामा बाटो छेक्दा लुकिछिपि आउने गरेका र त्यसले झन् जोखिम बढएको बताएको छ ।

    Advertisement

    बुधबार अध्यक्ष चित्रबहादुर केसीले घर आउन चाहने नेपालीहरुलाई सहजरुपमा आउन दिन र क्वारेन्टिनसहितको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

    भारतमा अप्ठ्यारोमा परेका नेपालीहरुबारे सरकारले कुनै चासो नराखेको बताउँदै केसीले नेपालीहरु कैयौं दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सीमामा आउने गरेको बताउनुभएको छ ।

    भारतले नेपालीहरुलाई सिमा क्षेत्रमा ल्याएर अलपत्र छाड्ने र नेपालले बाटो छेकेर बस्दा उनीहरुमाथि अमानवीय व्यवहार भएको भन्दै प्रवासी नेपालीको व्यवस्थापनमा गम्भीर हुन केसीले आग्रह गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘भारतस्थित नेपालीहरुको अवस्थाबारे राष्ट्रिय जनमोर्चाले गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुको अवस्थाबारे ध्यान दिनका लागि नेपाल सरकारसँग माग गर्दछ । कोरोना भाइरसको संक्रमणपछि भारतस्थित नेपालीहरुको जीवन पीडादायी र कष्टमय बन्न पुगेको छ । बिभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुको ठूलो संख्याले अत्यन्त कष्टसाध्य जीवन बिताउनु परेको छ ।

    उनीहरु ठूलो संख्यामा बेरोजगार बन्न पुगेकोले उनीहरु बेखर्ची भई भोकभोकै बस्नुपरेको छ । धेरै नेपालीहरुसित राशनकार्ड वा आधारकार्ड नभएकोले उनीहरुलाई राहत पनि प्राप्त हुने गरेको छैन । यसप्रकारको स्थितिमा उनीहरुलाई खर्च चलाउन कठिन हुन गई ठूलो मानसिक पीडा पर्न गएको छ र कतिपयले आत्महत्या गरेका समाचार पनि प्राप्त हुने गरेका छन् ।

    शुरुमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुलाई जबर्जस्ती र अपमानजनक किसिमले त्यहा“बाट हटाउन थालिएको छ । त्यो विश्व स्वास्थ्य संगठनको प्रोटोकल विरुद्धको कुरा हो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार महामारीको अवस्थामा कुनै विदेशी नागरिकलाई यथास्थानमा सम्बन्धित देशको सरकारले उनीहरुको त्यहीँ व्यवस्था गर्नुपर्दछ । तर भारतमा ठूलो संख्यामा नेपालीहरुको त्यसरी व्यवस्था भइरहेको छैन ।

    अन्य देशहरुका नेपालीहरुलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा नेपाल ल्याउनका लागि विभिन्न देशका राजदुतहरुले त्यसप्रकारको व्यवस्था गर्न नेपाल सरकारलाई प्रतिवेदन पठाएको भन्ने सुन्नमा आएको छ । तर भारतमा धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरुबारे सरकारले कुनै चासो राखेको देखिंदैन ।

    त्यो अवस्थामा नेपालीहरुले कैयौं दिनसम्म बालबच्चा सहित पैदल हिंडेर नेपालको सिमामा आउने गरेका छन् । अहिले भारतमा विभिन्न स्तरका प्रशासनले पनि नेपालीहरुलाई बढीभन्दा बढी संख्यामा सिमामा ल्याएर छाड्ने काम गरिरहेका छन् । त्यहाँ आइपुगेपछि पनि उनीहरुलाई नेपाल आउन दिइन्न । त्यसरी नत यथास्थानमा व्यवस्था गर्नका लागि नेपाल सरकारले पहल गरेको छ नत विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार भारतले नेपालीहरुसित व्यवहार गरिरहेको छ । यो अवस्थामा नेपालीहरुको जीवन कष्टमय बन्न गएको छ र उनीहरुले जटिल प्रकारको तनाव बेहोर्नुका साथै बेसहारा बन्नुपरेको छ ।

    त्यसप्रकारको वाध्यात्मक स्थितिमा कतिपय नेपालीहरु लुकीछिपी नेपालमा प्रवेश गर्ने र त्यसको परिणामस्वरुप देशव्यापी कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सरकारको गलत नीतिको कारण त्यसप्रकारको स्थिति सृजना भइरहेको छ । सरकारले आफ्नो गलत नीतिलाई सच्चाएर कोरोना भाइरसको संक्रमण हुनबाट देशलाई बचाउने दायित्व बहन गर्नुपर्दछ । सरकारले भारतका बिभिन्न स्थानमा अप्ठेरोमा परेका नेपालीहरुलाई वैधानिक प्रकारले नै नेपालमा ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र आवश्यक स्वास्थ्य चेकजाँचको समेत व्यवस्था गर्नुपर्दछ । यसो गर्न सकेमा मात्र उनीहरुको समस्याको समाधान हुनाको साथै अवैधानिक वा लुकीछिपी प्रवेश हुँदैन र कोरना भाइरसको संक्रमणको सम्भावना पनि कम हुने छ ।

    समस्या भारतस्थित नेपालीहरुको मात्र नभएर कोरोना भाइरसको कारणले मलेसिया, खाडिका देशहरु वा अन्य देशहरुका नेपालीहरु पनि अप्ठ्यारोमा परेका छन् र उनीहरुले नेपाल आउन खोजिरहेका छन् । हामी जोड दिन चाहन्छौं र माग गर्दछौं कि आफ्नो देशका नागरिकहरुलाई नेपाल आउनबाट रोक्न अनिश्चित कालसम्म सम्भव हुँदैन र त्यसप्रकारको तरिका अपनाइ रहेमा त्यसको परिणाम गलत हुन जान्छ । त्यसैले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि उनीहरुको लागि तात्कालिक रुपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन तथा दीर्घकालीन रुपमा उनीहरुलाई रोजगारी दिने योजना बनाएर काम गर्नुपर्दछ ।’

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.