दीप गोले तामाङ ##
Advertisement
हिँड्दै छु म गरिबदुःखी घरघरमा भेटेर
बल्दछ आगो यो मनभित्र बेहाल देखेर
भ्रष्टाचार बढ्दै छ नेता भिक माग्दै छ
देश लुटी यिनीहरू विदेशतिर भाग्दै छ
आफ्नो व्यथा आफैँ बुझ्दैन जनता
मुक्तिका लागि कहिले उठ्ने भन त
सारङ्गीले रुवाउँछ सबको आँसु झारी
यी शासक बनिरहेछ सधैँ दुःखका भारी
सोच्न पनि सकेन बुझ्न पनि सकेन
अधिकार लिन हामी एकजुट भई उठेन
विश्वमै चमत्कार विकास गर्यो चीनले
हामीलाई फुटाई सधैँ शासन गर्यो यिनले
दुनियाँलाई मात लाग्यो आआफ्नो बैँसले
चुनावमा भोट किन्छ हामीलाई पैसाले
जानुपर्छ विदेशतिर आफूलाई बेचिएर
दुःख पायो मङ्गले यिनलाई जिताएर
नेपालीको भविष्य अब गन्दै छ
मातृभूमि आमाले जाग भन्दै छ
एमसिसी पास गर्यो विदेशीलाई नचाउन
आऊ देशभक्त युवा हो अब देश बचाउन