विष्णु शर्मा ##
Advertisement
हामी आफूलाइ अनुशासित मान्छौँ
फेरि आफ्नो घरको कुरा लिई
हतारमा छिमेकीकहाँ जान्छौँ
कसैसँग पूर्वाग्रह नभएको भन्छौँ
तर आफूले भने जस्तो नभए
वर्षौं पहिलेको विषयमा झर्छौं
अग्रजको सम्मानको जिम्मा आफै लिन्छौँ
अग्रजले आफूले भनेको कुरा मानेन भने
अग्रजलाइ नै धम्की र चुनौती दिन्छौँ
अरूलाई बिनाआधारका कुरा नगर भन्छौँ
आफूले ठाउँठाउँमा मानिस जम्मा पारी
हचुवाको भरमा व्याकवाइटिङ गर्छौं
भनाइले बैगुनीलाई गुन फिर्ता दिन्छौँ
मुखको गास निकालेर दिनेलाई
आरोप लगाएर गाउँ हिड्छौँ
अरूलाई अर्काको स्वरमा नलाग भन्छौँ
आफै अर्काको उक्साहटमा लागेर
निर्दोषलाई तथानाम गाली गर्छौं
सबैलाई जीवन नै सिकायौँ भन्छौँ
उनीहरूको सामु आफूलाइ
दुनियाको सर्वविज्ञ प्रस्तुत गर्छौं
यस्तै चिन्तनले समाजलाई पछि पार्छौं
गलत कुराहरू सबैले हटाऔँ
हामी चाहे यो जो कसैले गर्छौं