गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
प्रगतिशील पत्रकार सङ्घ अर्घाखाँचीले अठारौँ स्थापना दिवस निर्मल नवज्योति सुस्त मनस्थिति स्कुलमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाएको छ ।
२०८१ पुस २२ गते सो स्कुलमा रहेका २५ जना बालबालिकालाई कापीकलमलगायतका सामग्री वितरण गरी स्थापना दिवस मनाइएको हो ।
प्रगतिशीलका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराई, प्रगतिशीलकै अर्घाखाँचीका संस्थापक सदस्य गोपाल पौडेल, पूर्व अध्यक्ष इन्द्रमणि भुसाल, सहसचिव विष्णुमाया गैरे, अन्य सदस्यहरू मेहरसिंह केसी, दामोदर केसी, प्रकाश चुँदाली र सन्तोष सुनारको उपस्थितिमा शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
शैक्षिक सामग्री ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक कमला भुसालले निर्मल नवज्योति स्कुल असहाय बालबालिकाको भविष्य निर्माण गर्ने थलो बनेको ब्रिफिङ गर्नुभयो ।
शैक्षिक सामग्री सहयोग गरेकोमा उहाँले प्रगतिशीललाई धन्यवादसमेत दिनुभयो ।
प्रगतिशील पत्रकार सङ्घ नेपालको २०६४ पुस २२ गते दाङको भालुबाङमा स्थापना भएको थियो । २०८१ पुस २२ गतेदेखि प्रगतिशील पत्रकार सङ्घ नेपालले सत्रौँ वर्ष पार गरी अठारौँ वर्षमा प्रवेश गरेको छ ।