• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राजनीतिमा भ्रष्टाचारले संस्थागत रुप लिएको छ : केसी


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • बुटवल । जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले राजनीतिमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघको १८औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राजनीति गर्नु भनेको कमाउनका लागि हो भन्ने प्रवृत्ति हावी भएको बताउनुभयो ।

    ‘देशमा पञ्चायत र राजतन्त्र जनताको त्यागबाटै समाप्त भए। तर, अहिले राजनीतिमा हिनामिना र भ्रष्टाचारले संस्थागत रूप लिएको छ’ केसीले भन्नुभयो, ‘राजनीति गर्ने भनेको देश र जनताका लागि होइन, कसरी छिटो कमाउन सकिन्छ भन्ने प्रवृत्ति हावी भएको छ ।’

    उहाँले प्रदेश व्यवस्था जनताको हितमा नभएको बताउँदै यसलाई खारेज गरी स्थानीय तहलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र गणतन्त्रलाई जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको केसीको भनाई थियो ।

    फरक प्रशंगमा अध्यक्ष केसीले देश ठीकठाक नहुँदा युवाहरूमा विदेश पलायन बढेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेका छन्, तर विदेश जानु मात्र समस्याको समाधान होइन।’

    अध्यक्ष केसीले देश ठीक हुन नेता, जनता र मिडिया तीनै तत्व सही हुनुपर्नेमा जोड दिनुभयो । देशको अवस्था बिग्रिनु र सप्रिनुमा यिनै तीनवटा तत्वहरू निर्णयक हुने उहाँको भनाई थियो ।

    ती तत्वहरू ठीक नभएकोले देशको अवस्था नाजुक बन्दै गएको केसीले बताउनुभयो ।

    ‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भन्नुभयो, ‘यि तीनै तत्व ठीक नहुँदा देश बिग्रेको छ ।’

    अध्यक्ष केसीले नेपालमा जनताले सही राजनीतिक दल र नेतालाई चिन्न नसक्दा देश अधोगतीतिर लागेको पनि स्पष्ट पार्नुभयो ।

    पछिल्लो समय नेपाली राजनीतिमा पद र पैसाको लडाइँ भइरहेको बताउँदै ठूला दलहरु भ्रष्टाचारमा लिप्त रहेको उहाँले बताउनुभयो ।

    संघीयता मुलुकको लागि घातक रहेको उल्लेख गर्दै यसलाई खारेज गर्नुपर्ने भन्दै देशले संघीयता धान्न नसक्ने केसीले दोहोर्याउनुभयो । उहाँले ठूला पार्टीलाई अहिले संघीयता घाँडो भइसकेको तर भन्न नसकेको अवस्था रहेको जिकीर गर्नुभयो ।

    अहिले देशकै कार्यकारी प्रधानमन्त्री, राष्ट्र प्रमुख जहाँ गयो त्यहीँ ढुङ्गा हान्ने प्रवृत्ति बढ्दै जानु राम्रो अवस्था नभएको केसीको भनाई थियो।

    प्रगतिशील पत्रकार संघलाई शुभकामना दिँदै केसीले मिडियाले निष्पक्षरुपमा कलम चलाएर गलत प्रवृत्तिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले देशको समृद्धिका लागि प्रेस जगतले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    त्यस्तै, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पौडेल,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल लगायतले प्रेस स्वतन्त्रताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रम प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • २.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ३.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ४.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ५.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ६.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ७.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ८.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.