• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

काठमाडौँमा मनाइयो प्रगतिशीलको अठारौँ स्थापना दिवस (फोटासहित)


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घको केन्द्रीय कार्यालयले आफ्नो अठारौँ स्थापना दिवस मनाइएको छ ।

    Advertisement

    नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०८१ पुस २२ गते शनिबार बागबजारमा सो कार्यक्रम मनाइएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै उहाँले समाजमा थोरै मान्छेले मात्र समाज परिवर्तनको सपना देख्ने गरेकोमा प्रगतिशील पत्रकार सङ्घ सोही पङ्क्तिभित्र पर्ने बताउनुभयो ।

    ‘समाजमा थोरै मान्छेले समाज परिवर्तनको सपना देख्छन्’ उहाँले भन्नुभयो– ‘तपाईंहरू तिनै थोरै मानिसमध्ये एक हुनुहुन्छ ।’
    उहाँले प्रगतिशील सङ्घको इतिहासमा प्रगतिका साथै पतन पनि भएको स्पष्ट पार्नुभयो ।

    ‘तपाईंहरूले यहाँ वाचन गर्नुभएको इतिहाससम्बन्धी नोटबाट प्रष्ट हुन्छ’ उहाँले भन्नुभयो– ‘यस सङ्गठनमा प्रगतिका साथै कतिपयको पतन पनि हुनु गरेको छ । फेरि पनि तपाईंहरू निरन्तर अगाडि बढिरहनुभएको छ ।’

    प्रवक्ता पुरीले राष्ट्र र सर्वहारा वर्गको पक्षमा समर्पित भावनाका साथ पत्रकारिता कर्ममा अगाडि बढ्न आग्रहसमेत गर्नुभयो ।

    सङ्गठनको इतिहाससम्बन्धी नोट उद्घोषकद्वारा वाचन गरिएपछि कार्यक्रममा सङ्गठन स्थापनापूर्वको पृष्ठभूमिबारे चर्चा गर्दै अधिवक्तासमेत रहनुभएका लक्ष्मणदेव पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमलाई जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा, नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मी र पत्रकार धनबहादुर मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा जातीय समता समाजका महासचिव भक्त विक, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकाल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्की, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार डम्मर कार्की, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य रोशन दानी र अखिल नेपाल किसान महासङ्घ (अप्फा) बागमती प्रदेश समितिका सदस्य बेगमबहादुर खड्काको आतिथ्य रहेको थियो ।

    प्रगतिशीलका महासचिव प्रकाश थापामगरको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको उद्घोषण केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले गर्नुभएको थियो ।

    उपस्थित सहभागीलाई प्रगतिशीलका केन्द्रीय सल्लाहकार तथा नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य वैरागी जेठाले स्वागत गर्नुभएको थियो ।

      

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • २.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ३.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ४.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ५.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ६.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ७.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ८.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.