खलङ्गा । राष्ट्रिय जनमोर्चाका सदस्य ऋषिराम पोखरेलको स्मृतिमा प्युठानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
२०८१ पुस १८ गते बिहीबार झिमरुक गाउँपालिका वडा नं. १ बेतानेमा सो कार्यक्रम सम्पन्न भएको हो ।
पोखरेलको ६४ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य वीरबहादुर जिसी र राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोखरेलले शोकमन्तव्य राख्नुभएको थियो ।
पोखरेलको स्मृतिमा एक मिनेट मौनधारणसँगै अघि बढेको सो कार्यक्रममा उहाँको व्यक्ति र योगदानबारे चर्चा गरिएको थियो ।
कार्यक्रममा राजमो रुपन्देहीका सचिव केपी पोख्रेल, नेकपा (माओवादी केन्द्र) प्रतिनिधि विनबहादुर पुनमगरलगायतको उपस्थिति रहेको थियो ।
राजमो वडा समितिका अध्यक्ष विजयविक्रम जिसीको अध्यक्षता तथा राजमो प्युठान–रुपन्देही सम्पर्क समितिका सचिव नन्दप्रसाद पोखरेलको सञ्चालनमा उक्त कार्यक्रम अघि बढेको थियो ।
स्मृतिशेष पोखरेलको परिवारमा श्रीमती गोमा पोखरेल, छोराहरू केशवराज पोखरेल र मदन पोखरेल, छोरीहरू कृष्ण, सरस्वता र शारदा, बुहारी बिनिसा हुनुहुन्छ ।
कार्यक्रममा मृतकका आफन्त तथा छिमेकीको उल्लेखनीय उपस्थिति रहेको थियो ।