काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर ४।८ रेक्टर स्केलको भूकम्प गएको छ ।
Advertisement
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा सो भूकम्प गएको हो ।
भूकम्पको झड्का काठमाडौँ उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म महसुस गरिएको छ ।
भूक्रम्प मापन केन्द्रले यसबारे थप जानकारी दिने बताएको छ ।