हेटौँडा । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
Advertisement
बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।
बाघ नियन्त्रणमा लिनका लागि पर्सा राष्ट्रिय निकुञ्जका ४ वटा हात्ति प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनाकारी दिए। उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ।
आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको थियो । उनको बाघको आक्रमणबाट मृत्यु भएको रात नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो।
निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो।