काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेरहद लाग्ने भएको छ ।
Advertisement
अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ ।
मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेरहद लाग्ने भएको हो ।
उमेरहद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल (क्रान्तिकारी) मा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
