काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अस्वस्थ भएका छन्।
Advertisement
उनी उपचारका लागि केही दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
वैद्यको अनुपस्थितीमा पार्टीका वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ लाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको छ ।
कार्यवाहक महासचिव गौरवले विज्ञप्ति जारी गर्दै महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । उनका अनुसार वैद्यको स्वास्थ्यअवस्था हाल स्थिर छ ।
