कावासोती । नवलपुरको मध्यविन्दु र हुप्सेकोटमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् ।
अप्फाका महासचिव तुलसीराम सापकोटाको प्रमुख आतिथ्यमा २०८१ पुस १० गते मध्यबिन्दु पाँचपाण्डव आमा समूहको भवनमा र पुस ११ गते हुप्सेकोट बेलुवामा सो कार्यक्रम सम्पन्न भएका हुन् ।
सहिदको सम्मानमा एक मिनेट मौनधारणपछि सम्मेलनको उद्घाटन प्रमुख अतिथि सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका सदस्य चन्द्र सापकोटा, राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतराको पनि आतिथ्य रहेको थियो ।
मध्यविन्दुको मदनपुरमा सम्पन्न कार्यक्रममा स्वागत विकाराम चौधरीले र बेलुवाको कार्यक्रममा स्वागत सूर्य छन्त्यालले गर्नुभएको थियो ।
बेलुवाको कार्यक्रममा राजमो नेता भागिरथ भट्टराईले पनि प्रशिक्षक दिनिुभएको थियो ।
त्यहाँका कार्यक्रमको अध्यक्षता क्रमश टेकराज पौडेलले र मानबहादुर लामाले तथा सञ्चालन छविलाल सापकोटाले गर्नुभएको थियो ।