• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भीम रावल निस्काशित- बिन्दा र उषा निलम्बित, कारबाहीमा परेका नेता भन्छन् : ओलीको स्वेच्छाचारिता बढ्यो


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा एमालेले पार्टीका नेता भीम रावललाई पार्टीबाट निस्काशन गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले पार्टीका केन्द्रीय सल्लाहकार रहेका रावललाई हटाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    Advertisement

    उनले नेता रावलले सल्लाहकारको भूमिका पनि ननिभाएको पार्टीको सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको बताए।

    ‘पार्टीको १०औँ महाधिवेशनमा उहाँलाई उपाध्यक्ष बस्न आग्रह गरियो । उहाँले मान्नु भएन । उपाध्यक्षमा नबसेपछि अध्यक्षको उम्मेदवार बन्नुभयो । त्यसपछि उहाँ केन्द्रीय सदस्यमा पनि नआएपछि हाम्रो व्यवस्थाअनुसार उहाँ सल्लाहकार रहनुभयो’, उपमहासचिव ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको भूमिका पनि पूरा गर्नु भएन । र उहाँका अभिव्यक्ति पार्टीलाई बलियो बनाउनुभन्दा निरन्तर कमजोर बनाउने हिसाबले आएका हुनाले उहाँलाई सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

    स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिमिल्सेनालाई जिम्मेवारीबाट मुक्त
    यस्तै पार्टीले स्थायी कमिटी सदस्य विन्द्रा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

    उपमहासचिव ज्ञवालीले पाण्डे र तिमिल्सेनाले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका क्रममा गरेको टिप्पणीमा सोधिएको स्पष्टीकरणमा पार्टीको विधिभन्दा बाहिर गएर बोल्नु हुँदैन भनेर गल्ती स्वीकार नगरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए।

    गत असोज २५ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान प्राप्त भएको भन्दै एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए। गुरुङले त्यहाँ भवन पनि बनाइदिने र अर्को वर्षको दसैँमा उद्घाटन हुने गरी तयार गरिदिने घोषणा गरेका थिए।

    उक्त निर्णयको विरोध गरेपछि गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

    आफूहरूमाथि कारबाही भएपछि यस्तो छ नेताहरूको प्रतिक्रिया

    ओलीको स्वेच्छाचारिता : रावल
    ममाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज हो । उनी लामो समयदेखि कम्युनिष्ट पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएका थिए । उनी विगतमा जसका विरुद्ध लड्छु भन्थे, त्यसै वर्गसँग मिलेर जसरी भए पनि प्रधानमन्त्री खाने भन्नेमा गए । बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्ति विरुद्ध जाइलागे । साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर मविरुद्ध खनिए ।

    हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो । उनी लामो समयदेखि अध्यक्षका रूपमा त्यसको नेतृत्वमा छन् । त्यसैले यो ओलीकै निर्णय हो । म यो निर्णयलाई अध्ययन र अवलोकन गर्छु । साथीभाइ र शुभेच्छुकको राय लिन्छु । सबैका कुरा सुन्छु र निर्णय लिन्छु ।

    पार्टीले समीक्षा गर्नपर्थ्यो, कारबाही गर्यो : बिन्दा पाण्डे
    पार्टीको नीति र विधि, लोकतान्त्रिक प्रतिस्पर्धा गर्ने जबजबाट निर्देशित पार्टी जनताको बीचमै आफूलाई स्थापित गर्दै जानुपर्ने हो। तर, सत्ताको नेतृत्व गरिराखेको, सुशासनको कुरा गरिराखेको पार्टीले विवादित व्यक्तिसँग मिल्नु ठीक भएन भनेर भनिएको कुरालाई लिएर पार्टीले यसरी समीक्षा गर्नुभन्दा उल्टै कारबाही गरेर पार्टीलाई राम्रो हुन्छ भन्ने नेतृत्वलाई लागेको छ भने यसले पार्टीलाई दीर्घकालीन हिसाबले राम्रो असर पर्दैन। यसको रिजल्ट दीर्घकालीन हिसाबमै कुर्नुपर्छ । हामीलाई कारबाही गरेर बहुदलीय जनवादमा पुगिन्छ भन्ने नेतृत्व (केपी शर्मा ओली)लाई लागेको छ भने त्यो भविष्यले देखाउला नि त।

    बोल्न छोडिँदैन : उषाकिरण
    पार्टीले गरेको निर्णय जहिल्यै मान्दै आइयो, यति महान् निर्णय गर्ने कमरेडहरूलाई धन्यवाद । किनभने उहाँहरूले कस्ताकस्ता अभियोग लागेका मान्छेहरूलाई केही गर्नुभएको छैन। हामीले त सुशासनको विषय उठाएको हो। अनि यो कारबाहीबाट डराइँदैन। यस्ता विषय उठाइरहन्छौँ। जनचासोको विषयमा, पार्टीले बाटो बिराएको विषयमा बोलिरहिन्छ।

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.