बेलबारी, मोरङ ।
बेलबारी नगरपालिका–३ मोरङमा २०२१ पुस २१ गते स्थापित भई हाल १२ कक्षासम्म सञ्चालन भइरहेको भगवती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीको भेटघाट कार्यक्रम २०८१ पुस ५ र ६ गते सम्पन्न भएको छ ।
२०४२, २०४३ र २०४४ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीको भेटघाट कार्यक्रममा पूर्व प्रधानाध्यापक तथा प्रतिनिधिसभाका सदस्य हर्कमान तामाङ, पूर्व प्रधानाध्यापक गङ्गाबहादुर श्रेष्ठ, पूर्व शिक्षकहरू फडिन्द्रप्रसाद निरौला, बोधराज नेपाल र अर्जुन विश्वकर्मा तथा वहालवाला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमसागर ढकाल अतिथि थिए ।
सहभागी पूर्व विद्यार्थीमा भगवती माविका वर्तमान प्रधानाध्यापक नारायणप्रसाद आचार्यलगायत गोकुलचन्द्र राई, ईरानराई, राजकुमार राई, योगेन्द्रप्रसाद सुवेदी, राजेन्द्र थापा, खगेन्द्र रायमाझी, बोधराज निरौला, लक्ष्मी सुवेदी घिमिरे, गजेन्द्र राई, जसमणि राई, लालकुमार राई र राजकुमार कटुवाल थिए ।
सहभागी पूर्व विद्यार्थी तथा शिक्षकले त्यो बेलाको स्मरण गर्दै त्यति बेला आफूले गरेका कतिपय रमाइलो प्रसङ्ग सुनाएका थिए भने भगवतीलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
त्यति बेला निजी स्रोतका शिक्षक धेरै भएको तर तलब खुवाउने स्रोत नभएकाले दशैँछेका धेरै दुःख गरेर थोरै जोहो गरेको रकम नै जे जति हुन्छ, दामासाहीले शिक्षकलाई वितरण गर्दा आफ्नो भागमा कुनै वर्ष नपरेको कुरा पूर्व प्रधानाध्यापक हर्कमान तामाङले बताए ।
बेलबारी नपा–२ लालभित्तीको सुदर्शन मल्टीएग्रो रिसोर्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक राजकुमार राईले, सञ्चालन ईरानराईले तथा अतिथि शिक्षकलाई खादा अर्पण राजेन्द्र थापा र खगेन्द्र रायमाझी गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा केराबारी भूगोलमा रहेका जिल्ला कमिटी, गाउँपालिका कमिटी र वडा कमिटीका पदाधिकारी गरी सय जनाभन्दा बढी प्रशिक्षार्थी सहभागी भएको जानकारी धन्यवाद ज्ञापनसहित केराबारी गाउँपालिका कमिटीका अध्यक्ष तथा वडा नं। १० का वडाध्यक्ष पूर्ण मगरले जानकारी दिए ।
हिमचुली सावउसको कार्यालय केराबारी गापा–३ मा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीम कार्कीले गरेका थिए ।