जगदीश ढकाल, नेपालगञ्ज ।
राष्ट्रिय जनमोर्चा बाँके र बर्दिया जिल्ला समितिको संयुक्त आयोजनामा नेपालगञ्जमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाको प्रमुख आतिथ्यमा २०८१ पुस ६ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि थापाका साथै अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसी सापकोटा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार वासुदेव पोखरेल र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारीले प्रशिक्षण दिनुभएको थियो ।

राजमो बर्दियाका अध्यक्ष नुमलाल रेग्मीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमका सञ्चालन राजमो बाँकेका सल्लाहकार भीमप्रसाद देवकोटाले गर्नुभएको थियो ।
आगामी चैत २४ देखि ३० गतेसम्म आयोजित राजमोको सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलनका तयारीको सिलसिलामा सो प्रशिक्षण आयोजना गरिएको आयोजक राजमोले जनाएको छ । प्रशिक्षणमा सोहीअनुसार जनसहभागिता, आर्थिकसहित विभिन्न प्रकारको सहयोग जुटाउनेबारे छलफल भएको जानकारी प्राप्त भएको छ ।