• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ८. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • ९. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • १०. अम्बिकादेवीको ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

प्रलेसको छयहत्तरौँ परिसंवाद सम्पन्न


  •   शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घले “नेपालको प्रगतिवादी आन्दोलनमा सरोज ओलीको योगदान” विषयमा छयहत्तरौँ परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    केन्द्रीय कार्यालय बागबजारमा २०८१ पुस ५ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा विषयवस्तु प्रस्तोता प्राज्ञ नन्दु उप्रेतीले सरोज ओलीको प्रलेसमा आबद्धताले उहाँको लेखन क्षेत्रमा वैचारिक निखारता र जिम्मेवारीबोध अझ गहन हुँदै गएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सरोज ओलीका लेखनले श्रमसँग जोडिएका मानिसको आवाज बोल्दथ्यो ।’

    कार्यक्रममा धारणा राख्नै प्राज्ञ उप्रेतीले ओलीका कथालाई राम्रा कथाको रूपमा बुझ्न सकिने भन्दै उहाँका कथा जनताका जीवनसँग जोडिएको र परिवर्तन तथा जनताका जागरणका पक्षमा लेखिएको दावी गर्नुभयो ।

    सरोज ओलीका अत्यधिक रचनाहरू प्रगतिशील दृष्टिकोणमा सीमित भए पनि केही रचना प्रगतिवादी दृष्टिकोणको उचाइसम्म पनि पुग्न सकेको प्राज्ञ उप्रेतीको धारणा थियो ।

    उहाँको भनाइ थियो– ‘हामी सबैका रचना प्रगतिशील दृष्टिकोणसम्म मात्र सीमित छ कि प्रगतिवादको उचाइसम्म पुगेको छ भनेर विश्लेषण गर्नुपर्दछ ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै प्रलेसका सल्लाहकार मातृका पोखरेलले सरोज ओलीको साहित्यिक योगदानका सन्दर्भमा कथा, कविता तथा समालोचनको क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘सरोज ओली वैचारिक रूपमा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले प्रलेसलाई ठुलो क्षति भएको छ ।’

    प्रलेसका अध्यक्ष डा. मधुसूदन गिरीको अध्यक्षतामा अघि बढेको परिसंवादको सञ्चालन सङ्घका उपाध्यक्ष तथा परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले गर्नुभएको थियो ।

    कार्यक्रममा पूरक टिप्पणी गर्नेहरूमा गोपिरमण उपाध्याय तथा डा. हरिप्रसाद सिलवाललगायत हुनुहुन्थ्यो ।

    शनिबार, पुष ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग
    रङ्गीन फूलको एउटै माला बनाऔँ
    जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत
    नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही
    दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

    • २.
      रङ्गीन फूलको एउटै माला बनाऔँ

    • ३.
      फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

    • ४.
      जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

    • ५.
      नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

    • ६.
      उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

    • ७.
      दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

    • ८.
      जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.