देशभक्ति आन्दोलनमा जन आवाज उर्लंदै छ।
गल्ली बस्ती उठ्दै जुट्दै छ, देश बचाउन फेरि कुर्लंदै छ ।।
पैसाले भुँडी भर्न पल्केकाहरु कुर्सी जोगाउन खोज्दैछन्।
देश बचाउन खोज्ने जनतालाई फेरि थानामा लगी कोच्दैछन।।
आमाको छाती चिरेर आमालाई नै खान लागे दुष्ट फेरि ।
गोली खान परे पनि डराउदैनौंं संघर्ष गर्न फेरि ।।
राष्ट्र बचाउनेलाई साथ नदिने निर्दयी सरकार कस्तो ।
आफ्नै आमा बेचेर कुर्सी र पद वचाउने लाचार जस्तो ।।
कोरोना महामारीले विश्वलाई खैला बैला गराएको वेला ।
साम्राज्यवादले गर्दैछ मेरो देशमा सीमा अतिक्रमणको खेला ।।
आँखा भरिएर आउँछ, अनि छाती चिरिन्छ मेरो पनि ।
एउटै आवाज हुनुपर्छ, जनता देश बचाउन आउ भनी ।।
देशका राष्ट्रघाती नेताले सत्तामा बसी देश खाँदैछन्।
राष्ट्रवादीहरु सड़क सदनवाट हुंकार्दै देश खोज्दैछन्।।
जब मेरो देश अप्ठ्यारोमा पर्छ राजमोले छाती थापेको छ ।
आफू मर्ने कुनै डर छैन सधैँ देशलाई अगाडि सारेको छ।।
संघीयताको विरुद्ध अविचलीत संघर्ष गरिरहेका छन् ।
राष्ट्रियता जोगाउने अभियानमा सडकमै लडिरहेका छन् ।।
तर देख्छु मैले फेरि पनी राजमोको त जरै खनेका छन् ।
लिपुलेक र कालापानी निल्दा पनि आँखा बन्द गरेका छन् ।
सुस्ता पनि लुटिसके रहँदैन की मेरो देश अझै केही शेष।
राष्ट्र विचल्लीमा पर्दा कुर्सीमै टाँसिइरहने तिम्रो कुरुप भेष।।
जुना चालिसे (चंडीगढ़) भारत