काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
२०८१ पुस ५ गते शुक्रबार युनियनको तेइसौँ राष्ट्रिय सम्मेलनपछिको दोस्रो पूर्ण बैठक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सुरु भएको हो ।
युनियनका केन्द्रीय अध्यक्ष सुवास जिसीको अध्यक्षता तथा महासचिव पुरन पोख्रेलको सञ्चालनमा सुरु भएको उक्त बैठकमा केन्द्रीय सल्लाहकार देवेन्द्र कुँवर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्माको विशेष उपस्थिति रहेको छ ।
बैठकमा देशभरबाट अखिल ९छैठौं० का केन्द्रीय स्तरका विद्यार्थी नेताहरूको उपस्थिति रहेको छ ।
पुस ६ गतेसम्म चल्ने सो बैठकमा देशको विद्यार्थी आन्दोलन, युवा विद्यार्थी पलायन, आसन्न स्ववियु निर्वाचन, सङ्घीयता विरुद्धको आन्दोलन र विश्वविद्यालय पदाधिकारी नियुक्तिलगायत विभिन्न महत्त्वपूर्ण विषयमा निर्णय हुने युनियनका महासचिव पुरन पोख्रेलले जानकारी दिनुभयो ।


