• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

वनमा बाघ कराउनु, खोरमा बाख्रो हराउनु !

"नवप्रवेशी सरिताहरुलाई नागरिकता दिनुको परिणामः संसदबाटै देश टुक्राउने धम्की ! "

  •   सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
  • काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेले छिमेकी देश चीनतर्फ लक्षित गर्दै केही दिन अघि भनेका थिए, ‘नेपालले कसैको उक्साहटमा लिपुलेकको कुरा उठायो ।’ भारतीय सेना प्रमुखको यो भनाईमा नेपालले लिपुलेकबारे आवाज उठाउन नपाउने धम्की मात्रै छैन, छिमेकी चीनलाईसमेत नेपालको पक्षमा नबोल्न घुमाउरो चेतावनी दिइएको छ ।

    Advertisement

    गत १६ कात्तिकमा भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र समेटेर नक्सा सार्वजनिक गर्यो । त्यस विरुद्ध नेपालमा ब्यापक विरोध प्रदर्शन भयो । तर, भारतले आफ्नै सार्वभौम क्षेत्र मात्रै नक्सामा समेटिएको बतायो । वर्षैंदेखि सेना राखेर अतिक्रमण गर्दै आएको नेपाली भूमिलाई भारतले नक्सामै समेटेर सधैँको लागि कब्जा गर्ने रणनीति बनाएको छ । सोही प्रयास अन्तर्गत भारतले लिपुलेक हुँदै चीनको मानसरोबर जाने सडक निर्माण गरेर सञ्चालनमा समेत ल्याइसकेको छ ।

    त्यसो त भारतले लिपुलेकलाई चीनसँग व्यापारको साझेदार विन्दुका रुपमा सम्झौता नै गरिसकेको छ । यद्यपी त्यस विरुद्ध नेपालले गरेको विरोधलाई चीनले जवाफ पठाएर ‘सुधार गर्न सकिने’ बताइरहँदा भारतले भने नेपालको विरोधप्रति बलमिच्याइँ गर्दै नेपाली भूमि एकोहोरो कब्जा गर्दै गइरहेको छ ।

    भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर १६ कात्तिकमा नक्सा जारी गरेदेखि नै कूटनीतिक संवाद अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई भारतले नजरअन्दाज गर्दै आएको छ । भारतले २६ वैशाखमा नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्गसमेत उद्घाटन गरेको छ  । भारतका रक्षामन्त्री राजनाथ सिंहले दार्चुलापारि भारतीय जिल्ला धार्चुला सदरमुकाम पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक उद्घाटन गरेपछि नेपालले आपत्ति जनाइसकेको छ  । भारतले ५८ वर्षदेखि ३७२ वर्गकिलोमिटर नेपाली भूमि कब्जा गरेको छ  ।

    भारतले गरेको सीमा अतिक्रमण विरुद्ध सरकारलाई अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न चौतर्फी दबाब परिरहेको सन्दर्भमा सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत नै त्यसप्रतिको प्रतिवद्धता जनाएको छ । र, छिट्टै नयाँ नक्सा सार्वजनिक हुने तयारीमा रहेको बुझिएको छ ।

    नेपाली जनता र नेपाल सरकारको यो प्रयास सफल हुन नदिन भारतले लगातार प्रयास गरिरहेको छ । यसै सन्दर्भमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको पछिल्लो धम्कीपूर्ण अभिव्यक्ति आएको छ । यद्यपी भारतीय सेना प्रमुखको अभिव्यक्ति आपत्तिजनक त हो नै, सरकारले नै यसको खण्डन र भर्त्सना गर्नुपर्छ । तर, उनको यो अभिव्यक्ति व्यक्तिगत नभएर भारत सरकारकै धारणा हो भनेर बुझ्नुपर्ने हुन्छ । त्यसरी एउटा देशको सेनापतिले आफ्नो देशको धारणा सार्वजनिक गर्दा त्यो स्वभाविक बन्छ ।

    तर, सन्दर्भ भारतीयको मात्रै होइन नेपालकै संसदमा प्रतिनिधित्व गर्ने कतिपय सांसदहरुसमेत देशको अखण्डताविरुद्ध कसरी परिचालित छन् भन्ने उदाहरण बनेकी छन्, सांसद सरिता गिरि । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नक्सा जारी गर्ने नेपाल सरकारको प्रयासमाथि सांसद गिरीले संसद्मै विरोध गरेकी छिन्  ।

    आइतबार संसदमा हिन्दी भाषामा बोल्दै गिरिले भनेकी थिइन् ‘एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजनिक गर्ने बताउने अर्कोतिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भन्ने । विदेशनीति जुवा होइन । ग्याम्ब्लिङ होइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग बात गर्नुपर्छ ।’ भारतको अनुमतिविना नक्सा सार्वजनिक गर्नै नहुनेमा जोड दिँदै सांसद गिरि अझ अगाडि बढेर बोलिन्, ‘भारत र चीनसँग संवादविना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजनिक गर्ने कुरा गरियो, त्यसले चाहिँ विदेशनीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ, ।’

    हुनत, गिरि तिनै व्यक्ति हुन् जसले संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालको नाम र झण्डा नै परिवर्तन गर्नुपर्ने बताएकी थिइन् । भारतमा जन्मेर नेपालीसाग विवाह गर्नासाथ नेपाली नागरिकता प्राप्त गरेकी सरिता केही वर्षमै नेपालको सांसद र मन्त्रीसमेत हुन सफल भइन् । अहिले पनि जनप्रतिनिधि रहेकी उनी नयाँ संविधान जारी हुँदा भारतले गरेको नाकाबन्दीलाई समर्थन गर्दै सीमा पारिबाट नेपालमा ढुंगा हान्ने समूहको नेतृत्वकर्ता मध्ये एक हुन् ।

    नेपालमा नागरिकता नीति खुकुलो बनाउँदा नेपाल र नेपालीले भोग्नुपर्ने समस्याको प्रारम्भिक उदाहरण हुन् सरिता गिरि ।
    नवप्रवेशी सरिताहरुलाई नेपालमा नागरिकता दिँदै जाँदा नेपालको अवस्था के हुनेछ, उनकै अभिव्यक्ति र प्रयासबाट बुझ्न सकिन्छ । सार्वभौम नेपालको नीति निर्माण गर्ने सर्वोच्च स्थान संसदमा पुगेरै सरिताहरुले भारतले नेपालमाथि लगाएको नाकाबन्दीको र सीमा अतिक्रमणको समर्थन मात्रै गर्दैनन्, देशै टुक्राउने धम्की पनि दिने गर्छन् ।

    सोमबार, जेठ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.