• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पुस ५ देखि पोखराको दुई स्थानबाट इजरायली नरसंहार विरुद्ध हस्ताक्षर अभियान


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • पोखरा । कास्की पोखराको लखनचोक र पृथ्विनारायण क्याम्पस गेटबाट पुस ५ गतेदेखि इजरायली नरसंहारको विरुद्ध हस्ताक्षर अभियान सङ्कलन गरिने भएको छ ।

    Advertisement

    कास्कीस्थित छ वामपन्थी राजनीतिक दलले २०८१ पुस ३ गते बुधबार प्रेसविज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

    विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका सचिव विष्णु पुरी, नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष पूर्ण लामा, नेकपा (माओवादी केन्द्र) का संयोजक विश्वप्रकाश लामिछाने, नेकपाका प्रतिनिधि सोममाय सी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सेक्रेटरी बिक्रम थापा र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रतिनिधि किरण थापाको हस्ताक्षर रहेको छ ।

    यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :

    “विगत लामो समयदेखि इजरायलले प्यालेस्टाइनमाथि जारी राखेको मानवता विरोधी सशस्त्र आक्रमणप्रति कास्कीमा क्रियाशील हामी छओटा राजनैतिक दलको गम्भीर ध्यानाकर्षण भएको छ ।

    यस आक्रमणले प्यालेस्टाइनी जनताको बाँच्न पाउने आधारभूत अधिकारको गम्भीर उल्लङ्घन भएको छ । प्यालेस्टाइनी भूमि अतिक्रमण गर्ने, निहत्था जनतामाथि मिसाइल, गोलाबारुदलगायत घातक हतियार प्रहार गरी हत्या गर्ने, स्कुल तथा अस्पतालमा निर्लज्ज आक्रमण गरी जनसंहार गर्ने, इजरायली आक्रमण एक्काइसौँ शताब्दीको सभ्य समाजका लागि अस्वीकार्य रहेको हाम्रो ठहर छ ।

    संसारका जुनसुकै भूगोल, समुदाय वा वर्गका मानिस किन नहोउन्, उनीहरूमा शान्तिपूर्वक बाँच्न पाउने, आफ्नो धर्म, पेसा र व्यवसाय अँगाल्न पाउने, शिक्षा र स्वास्थ्य सेवाको निर्बाध हक भोग गर्न पाउनेलगायत अधिकार रहन्छ । पछिल्लो समय इजरायलले प्यालेस्टाइनी जनतामाथि अत्यन्त हेपाहा र अधिनायकवादी कदम चालिरहेको छ । यो आक्रमण मानव अधिकारको न्यूनतम मूल्य र मान्यतालाई अस्वीकार गर्ने प्रकारले सञ्चालित छ । हामी प्यालेस्टाइनी जनताको हत्यामा परिचालित घातक हतियार उपलब्ध गराउने सहयोगी राष्ट्रसमक्ष हतियार आपूर्ति बन्द गर्न र प्यालेस्टाइनमाथिको निर्मम आक्रमण बिनाशर्त रोक्न इजरायलसमक्ष जोडदार माग गर्दछौँ ।

    यसै सन्दर्भमा २०८१ पुस ५ गते दिउँसो १ बजे लखनचोक (पृथ्वीचोक) मा र पुस ७ गते बिहान ८ बजे पृथ्वीनारायण क्याम्पस गेट बगरमा प्यालेस्टाइनी जनताको सार्वभौम अधिकारको पक्षमा ऐक्यबद्धता जाहेर गर्दै इजरायलले गरिरहेको सशस्त्र आक्रमण विरुद्ध हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गर्न गइरहेको जानकारी गराउँछौँ । उक्त अभियानमा सरिक भइदिनुहुन सम्पूर्ण राजनैतिक दलका नेता तथा कार्यकर्ता, युवाविद्यार्थी, पेसाव्यवसायी, मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत न्यायप्रेमी आम जनसमुदायमा प्यालेस्टाइनमाथि इजरायली जनसंहार विरुद्ध संयुक्त अभियान कास्की हार्दिक अपिल गर्दछ ।”

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.