दिनेस रैदास, दाङ ।
दाङको तुल्सीपुर–७ नमुना हरियाली टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा २०८१ पुस २ गते मङ्गलबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
हरिप्रसाद रेग्मीको अध्यक्षतामा भएको सो भेलाले १९ सदस्यीय राजमोको टोल समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा उमाकान्त पोख्रेल, सचिवमा धना भण्डारी र कोषाध्यक्षमा सीता भण्डारी चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यमा बेली खनाल, लालिका भण्डारी, विश्व भण्डारी, निर्मला भण्डारी, धनी भण्डारी, मति भण्डारी, डिलाराम भण्डारी, खेतुप्रसाद भण्डारी, खिमा भण्डारी, सुशीला न्यौपाने, सुनिता रेग्मी, कुलप्रसाद भण्डारी र एक स्थान रिक्त रहेको छ ।
भेलामा प्रमुख अतिथि आचार्य र राजमो केन्द्रद्रीय सदस्य कमला जिसीले मन्तब्य राख्नुभएको थियो भने सञ्चालन जनक भण्डारीले गर्नुभएको थियो ।