भीष्मजोशी ##
पाँचहजार वर्षपहिला“गीता”मा
कृष्ण भन्छन्–
तिमीले जतिजान्या छौ
जतिथाहापाएका छौ
जतितिम्रा इन्द्रिय/ज्ञानेन्द्रयले
थाहा पाउँछन्
ती सबैको राम्रो र नराम्रोमध्येको
उच्चचिजहुँ म
म सर्वव्यापी, सर्वज्ञ,सर्वज्ञानी
जल,थल,आकाश,पाताल
सारा ब्रह्मान्ड नै म हुँ
आत्मा, परमात्मा, ईश्वर, अनिश्वर
सबै म हुँ
अणु, परमाणु, क्यु–विट, ब्लु–गु, ग्रे–गु
सबै म हुँ
क्षेप्यास्त्र, पशु–पतास्त्र, ड्रोन, हाइड्रोजन बम
सबै म हुँ
तिम्रो नयाँखोज, नया अनुसन्धान
नयाँ गड पार्टीकल
मित्र, शत्रु, ज्ञान, विज्ञान, माया, मोह, राजनीति, कूटनीति
सबै म हुँ
जन्मदाता, कर्मदाता र सङहारकर्ता
सबै म हुँ
तिम्रो चेतना, आनन्द, सुखदुःख, हर्ष,विस्मात
सबै सबै म हुँ
तिम्रो धर्म र कर्म मै हुँ
तर महाराज
हामीलाई अरु केहीचाहिन्न
हामी केहीहोइनौँ
समाजवादीहौ
कम्तीमामानिस कसैकसैलाई मात्रहोइन
मानिस मानिस बिचको विभेदचाहिन्न ।
मानिस सबैलाई
खाना,नाना र छाना चाहिन्छ
सम्मान,समानता, स्वतन्त्रता र भ्रातृत्व चाहिन्छ
शान्तिसुव्यवस्थाका साथ बस्न चाहिन्छ
योग्यताअनुसारको काम,
कामअनुसारको दाम चाहिन्छ
बिरामीहुदाऔषधीमुलो चाहिन्छ
सबैले आनन्दले पढ्न पाउन
आठ घण्टा काम, आठ घण्टा आराम
अनिआठ घण्टा
समाज, साहित्य र संस्कृतिलाई योगदानदिन
सबै प्राणी, वनस्पति, जीव, निर्जीव
सबै सबैलाई मानिसले
सकारात्मक योगदानदिन सकुन
बस
नोट : २०८१ मङ्सिर२९ गते शनिबार अखिल नेपालप्रगतिशील लेखक सङ्घ (अन्पा)द्वारा आयोजितआठौँ साहित्यिकपदयात्रामावाचनगरिएको